2076 आश्विन 07 मंगलवार

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

  |      16:17:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ । विगत लामो समयदेखि महासंघमा आवद्ध भएका सुमार्गी यसअघि मध्यमाञ्चल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका थिए । महासंघमा रहेर संस्थागत हितका लागि अतुलनिय योगदानका भागिदार उनलाई शुक्रबार महासंघमा एक समारोहका बिच उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मनोनयन सदस्यको कार्यपत्र हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा एसोसिएट तर्फका उपाध्यक्ष चन्द्र ढकाल, वस्तुगतका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्रलाल श्रेष्ठ, केन्दीय सदस्य अन्जन श्रेष्ठसहितका अन्य पदाधिकारीसमेतको उपस्थिती रहेको थियो । 
सुमार्गीले यसअघि प्रदेशको अध्यक्षको दावी राखेतापनि कार्यसमिति सदस्यमा आउने सल्लाह बमोजिम पूर्व उपाध्यक्ष दिनेश श्रेष्ठलाई तीन नम्बर प्रदेशको अध्यक्ष दिइएको थियो । सोही अनुरुप महासंघको विधानको दफा ३४ को उपदफा ३४.६ का अनुसार हालको कार्यकारीणि समितिको पदावधि सम्मको लागि कार्यकारी समितिले मनोनयन गरेको हो । यसभन्दा अघि मध्यमाञ्चल अध्यक्षको हैसियतले सुमार्गीले महासंघ प्रति निभाएको भूमिकाको उच्च मूल्यांकन गर्दै यसभन्दा अघिको महासंघप्रतिको योगदान र सहयोगको कदरसहित थप बढी सहयोग पाउने विश्वासका साथै आगामी बैठकमा कार्यकारी सदस्यको जिम्मेबारी दिँदै आजैका मितिबाट बैठकमा उपस्थित हुन स्वागत समेत गरेको मनोनयनमा उल्लेख छ । नेपाली उद्योग, कलकारखाना लगायत नेपाली अर्थतन्त्रका विषयमा खोज तथा उत्खनन् सजिलैसँग गर्न सक्ने क्षमता रहेका सुमार्गीले उद्योग वाणिज्य महासंघको अर्को अधिवेसनमा जिल्ला नगर उपाध्यक्षको दाबेदारमा आफ्नो स्थान तय गर्ने अनुमान गरिएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...