2077 जेष्ठ 14 बुधबार

महामारीको जोखिम न्यूनीकरणका लागि सघाउन महासंघको मातहतका निकायलाई सर्कुलर

  |      20:22:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
महामारीको जोखिम न्यूनीकरणका लागि सघाउन महासंघको मातहतका निकायलाई सर्कुलर

काठमाडौं चैत, १८–
मुलुकमा देखिएको विषम परिस्थितिलाई सहयोग गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघले स्थानीय, जिल्ला शाखा तथा प्रदेश संघहरुलाई सक्रिय बनाएको छ ।
नेपालमा कोरोना संक्रमित एक पछि अर्को गर्दै देखिन थालेको परिप्रेक्ष्यमा त्यसको पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराई महामारीको विपत्तिमा सरकारलाई सक्दो सहयोग गर्न मातहतका निकायलाई आग्रह गरेको महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले बताएकाछन । 

विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण नेपालमा देखिन थालेको हुँदा भाइरस संक्रमितहरुको पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराई महामारीको विपत्तिमा सरकारलाई सक्दो सहयोग गर्नु हामी सबैको कर्तव्य भएको महासंघले स्पष्ट पारेको छ ।

यसका लागि चाहिने स्थानीयस्तरबाट उत्पादित आधारभूत सामग्रीहरु जुटाउन पहल गरी प्रदेश तथा स्थानीय सरकारसँगको समन्वयमा सम्बन्धित निकायलाई उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन महासंघले सबै स्थानीय, जिल्ला तथा प्रदेश समितिहरुलाई अनुरोध पनि गरेको छ ।
साथै दैनिक कामकाज गरी जीवन गुजारा गर्ने मजदुर वर्गलाई नेपाल सरकारले लागु गरेको देशव्यापी लकडाउनबाट जीवन निर्वाह गर्न मुश्किल भएको वर्तमान अवस्थामा त्यस वर्गलाई लक्षित गरी राहतको प्याकेज घोषणा गर्न समेत नेपाल सरकार समक्ष महासंघले अनुरोध गरेको छ ।
यसैबीच पछिल्लो समय कोरोना भाइरसले ल्याएको विषम परिस्थितिलाई मध्यनजर गर्दै महासंघले आफ्ना घोषित कार्यक्रमहरुलाई स्थगन गरेको छ ।

अन्य मुलुकको तुलनामा नेपालमा हालसम्म न्यून संक्रमण देखिएको भएतापनि सजगता र सावधानी अपनाइएन भने यसले हाम्रो मुलुकमा पनि महामारीको रुप लिन सक्ने भएकाले यसतर्फ सजग रहन सबैसमक्ष महासंघले अपिल गरेको छ । नेपाल सरकारले सार्वजनिक सभा, सम्मेलन, समारोह, महोत्सव लगायत भीडभाड हुने कार्यक्रम नगर्न सार्वजनिक आव्हान गरिसकेको सन्दर्भमा सो आव्हानलाई मध्येनजर गर्दे यस महासंघले घोषित आफ्ना कार्यक्रमहरु स्थगित गरेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका सम्बन्धमा विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि उच्च जोखिम मुलुकको दर्जामा राखेको छ । महासंघद्घारा घोषित कार्यक्रम अन्तरगत यही चैत १४, १५, १६ राजधानीमा राष्ट्रिय महाअधिवेशनका साथै प्रदेश तथा जिल्लास्तरीय औद्योगिक प्रदर्शनीहरु रहेका थिए ।
 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...