2076 माघ 08 बुधबार

मन्त्रिपरिषद् नै परिवर्तन गर्ने तयारीमा प्रधानमन्त्री ओली
पार्टीभित्रका सरकारविरोधीलाई मन्त्री बनाउने तयारी

  |      00:00:00   |  

प्रयोजक :

15783912831120x100-2.gif
Corporate-benefit_1280x150Pixles.gif
मन्त्रिपरिषद् नै परिवर्तन गर्ने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं कात्तिक, २७– प्रधानमन्त्री केपी ओलीले आफ्नो नेतृत्वको मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी गरेका छन्। केही दिनभित्रै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूको राजीनामा माग्ने र उनीहरूको सट्टा नयाँ मन्त्रीहरू नियुक्त गर्ने सम्भावना देखिएको छ।

प्रधानमन्त्रीनिकट स्रोतका पूर्वएमाले र पूर्वमाओवादीका तर्फबाट प्रतिनिधित्व गर्ने केही मन्त्रीलाई हटाएर सरकारबाहिर रहेका प्रभावशाली नेताहरूलाई मन्त्री पद दिने तयारी थालिएको हो।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार सरकारबाहिर रहेका र सरकारको आलोचना गरिरहेका नेता सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र जनार्दन शर्मालाई मन्त्रीमा सहभागी गराउने तयारी छ। त्यसैगरी सरकारसँग नरम रहेका र पार्टीमा प्रभाव राख्ने नेताहरू पम्फा भूषाल, देवेन्द्र पौडेल र छविलाल विश्वकर्मालाई पनि मन्त्री बनाउने तयारी रहेको छ।

वर्तमान सरकारको गुण र दोषको आधारमा समर्थन र विराध गर्नुपर्छ भन्ने भीम रावललाई पनि जिम्मेवारी दिने तयारी रहेको स्रोतले बताएको छ। तर उनी यसअघि नै उपप्रधानमन्त्री भइसकेकाले कुन मन्त्रालय कुन हैसियतमा दिने भन्नेबारे कुनै तय भएको छैन।

‘रावलको हकमा पोर्टफोलियो नमिल्न सक्छ, त्यसकारण उहाँलाई पुनर्गठित मन्त्रिपरिषद्मा सहभागी गराउने कि नगराउने भन्ने विषय छलफलमै रहेको छ,’ स्रोतले भन्यो। स्रोतका अनुसार अग्नि सापकोटा पनि पुनर्गठित मन्त्रिपरिषद्मा पर्नेछन्।

त्यस्तै, मधेसी कोटामा प्रभु शाह वा रामेश्वर यादव पर्ने सम्भावना रहेको छ। साथै सभामुख नेकपा आफैले राख्ने भएपछि उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेलाई राम्रै मन्त्रालय दिने तयारी छ भने रघुवीर महासेठलाई राजीनामा गराएर उनकी पत्नी जुली महतोलाई पनि मन्त्री बनाउने सम्भावना रहेको छ। सुरेन्द्र पाण्डेले पुनर्गठित मन्त्रिपरिषद्मा अर्थ वा परराष्ट्र मन्त्रालय सम्हाल्नेछन्। हालको मन्त्रिपरिषद्मा रहेका उपेन्द्र यादवले राजीनामा दिए भने हालका गृहमन्त्री रामबहादुर थापा उपप्रधान तथा गृहमन्त्री बन्नेछन्। यदि यादवले राजीनामा नदिए उनी यथावत् रहने स्रोतको दाबी छ।

पार्टी महासचिव रहेका विष्णु पौडेलले आफू मन्त्री नहुने बताइसकेकाले उनको सम्भावना नरहेको स्रोतले बताएको छ। रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई, कानुनमन्त्री भानुभक्त ढकाल, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत यथावत् रहनेछन् भने अन्य मन्त्रीहरूको हकमा केही भन्न नसकिने स्रोतले जनाएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीको हकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकारमा लैजाने सम्भावना रहेको स्रोतको दाबी छ।

हालका मुख्य सल्लाहकार रहेका विष्णु रिमालको राजीनामापछि ज्ञवालीलाई मुख्य सल्लाहकार बनाउने प्रयास भइरहेको छ। ‘यदि विष्णु रिमालको राजीनामा स्वीकृत भएन भने ज्ञवालीलाई अर्को कुनै मन्त्रालय दिएर जिम्मेवारी हेरफेर गर्न सकिने वा परराष्ट्र मन्त्रालयमै यथावत् राख्ने भन्नेबारे प्रधानमन्त्रीज्यू द्विविधामै हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। रिमालले राष्ट्रिय सभामा जान चाहे वा अमेरिकाको राजदूत हुन चाहे प्रधानमन्त्री ओलीले आफ्नो सहयोगका लागि ज्ञवालीलाई ल्याउने सम्भावना रहेको छ।

खानेपानी मन्त्री विणा मगर, कृषिमन्त्री चक्रपाणि खनाल, खेलकुदमन्त्री जगत विश्वकर्मा, श्रममन्त्री गोकर्ण विष्ट, संघीय मामिलामन्त्री लालबाबु पण्डित, भौतिक तथा यातायातमन्त्री रघुवीर महासेठ, उद्योगमन्त्री मातृका यादव, महिला तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, भूमिसुधारमन्त्री पद्म अर्याललगायत मन्त्रीहरूमध्ये को हटाउने को राख्ने भन्नेबारे प्रधानमन्त्री ओलीलाई निर्णय गर्न नेकपाको सचिवालय बैठकले अधिकार दिएको छ।

‘मन्त्री हटाउने वा राख्ने त्यो प्रधानमन्त्रीको विशेष अधिकार हो, सरकारलाई चुस्तदुरुस्त राख्न प्रधानमन्त्रीलाई जे उचित लाग्छ, त्यही गर्न हामीले म्यान्डेट दिएका छौ,’ पार्टी सचिवालयका एक सदस्यले भने। नागरिक दैनिकले खबर छापेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...