2076 माघ 08 बुधबार

भारत र चीनसँग सीमाना जोडिएका स्थानको सुरक्षा सशक्त बनाउने सरकारी तयारी

  |      00:00:00   |  

प्रयोजक :

15783912831120x100-2.gif
Corporate-benefit_1280x150Pixles.gif
भारत र चीनसँग सीमाना जोडिएका स्थानको सुरक्षा सशक्त बनाउने सरकारी तयारी

काठमाडौं कात्तिक, २७– सरकारले भारत र चीनसँग सीमाना जोडिएका स्थानको सुरक्षालाई सशक्त बनाउने गरी थप बोर्डर अब्जर्भर पोस्ट (बीओपी) राख्ने गरी सघन तयारी अघि बढाएको छ ।

चीनसँगको सीमा क्षेत्रमा समेत सरकारले पहिलोपटक स्थायी बीओपी राखेर सीमा सुरक्षालाई बलियो बनाउनेगरी तयारी गरेको हो । भारतले नेपाली भूमि लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेलगत्तै सीमा सुरक्षाका विषयमा राष्ट्रिय एकता बनेको सरकारले बताउँदै आएको छ ।

गृहमन्त्री रामबहादुर थापाले सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नै सीमा सुरक्षामा राष्ट्रिय एकता बनेको र सीमा सुरक्षाका लागि थप बीओपी सञ्चालन गर्न लागिएको बताएका थिए ।

सरकारले भारत र चीनसँग जोडिएका थप १ सय स्थानमा सशस्त्र प्रहरीकोे प्रस्तावमा थप बीओपी राख्ने गरी तयारी गरेको हो ।

गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले भारत र चीनसँगका सीमा क्षेत्रमा १ सयभन्दा बढी बोर्डर अब्जर्भर पोस्ट (बीओपी) थप गर्नेगरी नीतिगत तयारी अघि बढिसकेको बताए ।

‘सीमा क्षेत्रमा सयभन्दा बढी बोर्डर अब्जर्भर पोस्ट (बीओपी) थप गर्नेगरी नीतिगत तयारी अघि बढिसकेको छ, जनशक्ति व्यवस्थापनका विषयमा थप परामर्श हुँदै छ,’ गृह प्रवक्ता शर्माले भने ।

शर्माले सशस्त्र प्रहरीमा नयाँ जनशक्ति पदपूर्ति गरेर जनशक्ति व्यवस्थापन गर्न तत्काल सम्भव नभएका कारण थप बीओपीमा खटाइने जनशक्तिलाई भन्सार, गण, गुल्म, बाहिनी तथा हेडक्वार्टरमा खटाइएका मध्येबाट कटौती गरेर व्यवस्थापन गर्नेगरी छलफल भइरहेको जनाए ।

हाल भारतसँगको सीमातर्फ नेपाली सीमाको सुरक्षा गर्न सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा १०७ वटा बीओपी सञ्चालनमा छन् । प्रत्येक बीओपीमा ३५ जनाको समूहमा टोली खटाइएको छ ।

सशस्त्र प्रहरीको एक बीओपीबाट अर्को बीओपीको दूरी १८ देखि २० किलोमिटरमा छ । नेपालको भारतसँग करिब १ हजार ८८० र चीनसँग १ हजार ४१४ किमि सीमा जोडिएको छ । सबै बीओपीमा गरी सशस्त्र प्रहरीको ३ हजार ७४५ जना सीमा सुरक्षामा खटिएका छन् । हाल सशस्त्र प्रहरीको कुल दरबन्दी ३७ हजार ११७ छ ।

चीनसँग जोडिएका नाकामा भने सरकारले हालसम्म बीओपी राखेको छैन । स्थायी बीओपी नराखे पनि सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी र मुस्ताङको कोरला नाकाको सुरक्षामा जिल्लाबाट नै सशस्त्र प्रहरी खटाइँदै आइएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले थप बीओपीबारे गृह मन्त्रालयमा प्रस्ताव लगिएको र स्वीकृत भएलगत्तै सञ्चालनमा ल्याइने जानकारी दिए ।

‘हामीले थप बीओपीको प्रस्ताव गृह मन्त्रालयमा पठाइसकेका छौं, प्रस्ताव स्वीकृत भएलगत्तै सबै स्थानमा बीओपी सञ्चालनमा ल्याउँछौं,’ सशस्त्र प्रहरी महानिरीक्षक खनालले भने ।

नयाँ खुल्ले बीओपीमा समेत सशस्त्र प्रहरी निरीक्षककै कमान्डमा टोली परिचालन गरिने उनले जानकारी दिए ।

सरकारले चीनसँगका चार सीमामा समेत बीओपी सञ्चालन गर्नेगरी तयारी गरेको हो । जसअनुसार दार्चुलाको लिपुलेक र कालापानी, हुम्लाको हिल्सा, मुस्ताङको लोमन्थाङ र संखुवासभाको किमाथांकामा बीओपी खोल्ने सरकारको तयारी छ । राजधानी दैनिकले खबर छापेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...