2076 आश्विन 07 मंगलवार

भाद्र १० देखि १५ गते सम्म ‘नाडा अटो शो २०१९’ आयोजना हुँदै

  |      20:13:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
 भाद्र १० देखि १५ गते सम्म ‘नाडा अटो शो २०१९’ आयोजना हुँदै

काठमाडौं भदौ, १–
नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालद्वारा यही भाद्र १० देखि १५ गते सम्म सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एक मात्र भव्य प्रदर्शनीको १४औं संस्करण ‘नाडा अटो शो २०१९’ आयोजना गरिने भएको  छ । काठमाडौंको भृकुुुुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीले यस वष कभर्ड हल, ठूलो चौर तथा बगैंचामा समेत गरी प्रदर्शनी स्थलको सम्पूर्ण क्षेत्रफल ओगट्न सफल भएको छ । यस संस्करणमा पनि शिर्ष प्रायोजक सर्भो वलर््ड क्लास लुब्रिकेन्ट्स रहेको छ भने मेला व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ ।
नेपाली महान चाड–पर्वहरुको पूर्वार्धमा आयोजना हुन गइरहेको यस प्रदर्शनीले अटो व्यवसायी, ग्राहकवर्ग, गाडी प्रेमीहरु तथा अटोमोबाइलसंग प्रत्यक्ष–अप्रत्यक्षरुपमा संलग्न सबैलाई उत्साह पूर्वक सहभागी गराउने विश्वास लिइएको छ । प्रत्येक वर्ष नाडा अटो शोमा सहभागी संस्था तथा अवलोकनकर्ताहरुको चाप बढ्दै गइरहेको छ । यसले सवारी साधन विलासिता मात्र नभई, आम सर्वसाधारणको जिविकोपार्जनका लागि चाहिने अत्यावशक साधनको रुपमा पनी चित्रण हुन थालेकोे आयोजकको ठम्माई रहेको छ । 
प्रदर्शनीलाई बढी जानकारीमुलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्वन्धि सेवा सुविधा दिने जस्तै वित्तिय सेवा, विक्रिपछिका सेवा एवं इन्सुरेन्सका छुाछुै स्टलहरु रहने छन् भने अटो सम्वन्धी जानकारी दिने म्यागेजीन तथा पत्रपत्रिकाहरुका लागि पनि छुै साझा मिडिया स्टलको व्यवस्था गरिएको छ । आम सर्व साधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी व्यापक सुसूचित गराउने उदेश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सुचना–कक्ष समेत प्रदर्शनीमा रहने छ । 
प्रदर्शनीमा ठूला तथा साना गरि करिव १६० वटा स्टल र ब्लकहरु रहने छन् । उक्त प्रर्दशनीमा प्रख्यात अन्तराििष्ट्रय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत रहने छ । प्रदर्शनीमा २३ वटा ब्राण्डका चार पाङग्रे, १९ वटा ब्राण्डका दुई पाङग्रे, १२ वटा ब्राण्डका लुब्रिकेन्ट, ९ वटा ब्राण्डका टायर, ५ वटा ब्राण्डका ब्याटरी, १४ वटा पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तिय संस्थाहरुको सहभागिता रहेको छ । 
उक्त विशाल प्रदर्शनीमा अवलोकनकर्ताहरुको सुविधालाई विषेश ध्यानमा राखी २–पाङग्रे, ४–पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरर्णहरुको छुट्टा–छुट्टै प्रदर्शन  गरिएको छ । यस पटकको नाडा अटो शोमा अटो कम्पोनेन्टका स्टलहरु तथा फुडस्टलहरु  बगैंचामा रहने छन् । बिगतका नाडा अटो शो भन्दा अझ व्यवस्थित बनाउन एवं आगन्तुकहरुको भ्रमणलाई सुविधायुक्त बनाउन सहज आवत जावतकालागि यस वर्ष अस्थाई आकाशे पुलको निमार्ण पनि गरिने भएको छ । पार्किङ्ग स्थलको चरम अभाव भएता पनि प्रर्दशनी अवलोकन गर्न आउने दर्शकका लागी सकेसम्म प¥र्याप्त पार्किङ्गको व्यवस्था गरिएको छ ।
६ दिन सम्म चल्ने उक्त नाडा अटो शोमा लगभग ७५००० आगन्तुकहरुले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ । यस वर्षको थप आकर्षणमा ओमेगा अटोमोबाइल्सको प्रायोजनमा नाडाले जि.पि.एक्स. जेन्टलमेन २०० सि.सि. क्षमताको मोटर साइकल टिकटको लक्की ड्र गरी भाग्यसाली एक जना आगन्तुकलाई उपहार दिने व्यवस्था समेत रहेको छ ।  

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...