2076 कार्तिक 02 शनिबार

बिक्दैनन् बैंकको ऋणपत्र , ९ बैंकले निष्काशन गरेकामा ५ बैंकको मात्रै पूर्ण बिक्री

  |      00:00:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
बिक्दैनन् बैंकको ऋणपत्र ,  ९ बैंकले निष्काशन गरेकामा ५ बैंकको मात्रै पूर्ण बिक्री

काठमाडौं असोज, १५– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिंक नीति मार्फत सबै वाणिज्य बैंकहरुले चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको छ । तर बैंकहरुले यस अघि जारी  गरेका ऋणपत्रहरु भने खासै बिक्री भएका छैनन् । जसले गर्दा आगामी दिनमा बैंकहरुले यस्ता ऋणपत्र बेच्न निकै चुनौतिपुर्ण देखिन्छ ।

नेपाल धितोपत्र बोर्डका अनुसार गत आर्थिक वर्षमा ९ वटा  वाणिज्य बैंकहरुले ऋणपत्र निष्काशन गरेका थिए । कुल १९ अर्ब बराबरको ऋणपत्र बजारमा निष्काशन भएको थियो । तर ९ बैंक मध्ये जम्मा ५ वटा बैंकको मात्रै ऋणपत्र पुर्ण रुपमा बिक्री भयो ।

गत आर्थिक वर्ष ऋणपत्र निष्काशन गरेको एनएमबी बैंकको ५६ प्रतिशत मात्रै ऋणपत्र बिक्री भयो । त्यसैगरि एन आईसी एशियाको ६१ प्रतिशत,  सानीमा बैंकको ६७ र  सिद्धार्थ बैंकको ९१ प्रतिशत मात्रै ऋणपत्र बिक्री भएको धितोपत्र बोर्ड बताउँछ ।

ग्राहकहरुले बैंकको बित्तीय विवरण केलाएर ऋणपत्रमा लगानी गर्ने गर्छन् । पुर्ण बिक्री हुनु र  नुहुनुको अर्थ भनेकै बैंकलाई ग्राहकले नाफाका लागि उचित ठाने वा ठानेनन् भन्ने हो । यसरी हेर्दा एनएमबी बैंक र एन आइसि एशिया लगानीका लागि ग्राहकहरुले कमजोर ठहराएको सावित हुन्छ ।

अहिले बजारमा जारी भएका ऋणपत्रको ब्याजदर मुद्दति खाताको भन्दा केही बढी अर्थात ११ प्रतिशत छ । तर आम लगानीकर्ताले यसमा लगानी गर्न रुचि देखाएका छैनन् । नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डले यसमा प्रचारप्रसार गर्न नसकेका कारणपनि ऋणपत्रको बिक्री हुन नसकेको हो ।

विदेशमा सेयरबजारमा समेत ऋणपत्रको कारोबार हुन्छ । तर नेपालमा भने अहिलेसम्म दोस्रो बजारमा ऋणपत्रको कारोबार हुन सकेको छैन ।

के हो त ऋणपत्र ?

कुल ऋण पूँजीलाइ सर्वसाधारण सबैले खरिद गर्न सक्ने गरी ससाना एकाइहरुमा बिभाजित गरीसकेपछीको एक अंश वा इकाइ नै ऋणपत्र  हो । कम्पनिले सार्वजनिक रुपमा सुचना प्रकाशन गरी कम्पनिको अचल जायजेथा धितो वा बन्धक राखी वा नराखी ऋण पुजी उठाउन सक्छ । ऋणपत्र भन्नाले कम्पनिले ऋणमा लगानी गर्ने पक्षलाई ऋणको रकम, ब्याज दर र भुक्तानी बिधी अचल जायजेथा धितो राखेको भए सो को अवस्था आदि शर्तहरु उल्लेख गरी अधिकारीक रुपमा गरिदिएको लिखत पत्र हो । नेपालमा साधारणतया यसको मूल्य १ हजार हुन्छ । यसका लगानीकर्ताले वार्षिक वा अर्धवार्षिक रुपमा ब्याज पाउँछन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...