2076 कार्तिक 27 बुधबार

प्रवर्धकको बेइमानी बढ्दै, जलविद्युतका सेयर किन्नै छाडे जनताले

  |      00:00:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
प्रवर्धकको बेइमानी बढ्दै,    जलविद्युतका सेयर किन्नै छाडे जनताले

काठमाडौं कात्तिक, २३– जलविद्युत आयोजनामा एकै ब्यक्ति प्रवर्धक, ठेकेदार र सप्लार्यस  हुनु अनौठो होइन । आयोजना डुब्नै लाग्दा पनि जलविद्युत आयोजनाका प्रवर्धक भने चिल्लो कारमा सरर  दौडिरहेका हुन्छन् । आखिर यो कसरी संभव भइरहेको छ त ?

अहिले प्रवर्धक, बैंक र जनताको  संयुक्त लगानीमा विभिन्न जलविद्युत आयोजनाहरु निर्माण  भइरहेका छन् । जलविद्युत आयोजनामा जनताको लगानी हुने भएपनि त्यसमा मनोमानी भने प्रवर्धककै मात्रै रहन्छ । आफ्नो तलब आफै तोक्ने प्रवर्धकले जनताको लगानी डुबाएर आफुले भने मोजमस्ती गर्ने  गरेका छन् । जसका कारण पछिल्लो समयमा निर्माण भइरहेका आयोजनामा भने जनताको लगानी जुटाउन कठिन हुँदै गएको छ ।

पछिल्लो तीन वर्षमा २१ वटा जलविद्युतआयोजनाले सर्वसाधारणका लागि सेयर निष्काशन गरेकामा १२ वटा जलविद्युत आयोजनाको सेयर पुर्ण रुपमा बिक्री हुन नसकेको देखिन्छ ।

 गत असोज १६ गते शिव श्री हाइडोपावरले ३३ करोड ५१ लाख रुपैयाँ बराबरको प्राथमिक सेयर निष्काशन गर्याे । तर यसको जम्मा २१ प्रतिशत अर्थात ७ करोड ६ लाखको लागि मात्रै  सेयर आवेदन परेको छ ।

त्यसैगरि गतअसार अन्तिममा हिमाल दोलखा हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि ३० करोड  ९३ लाख २५ हजार कित्ता बिक्री खुला गर्याे । साथै यसले स्थानियका लागि भने १ करोड २७ लाख ७९ हजार कित्ता सेयर निष्काशन गर्याे । स्थानियका लागि निष्काशन गरिएको सेयर ७ प्रतिशतमात्रै खरिद भयो भने सर्वसाधारणका लागि निष्काशन भएको सेयर ४१ प्रतिशतमात्रै खरिद भयो ।

यसअघि ग्रिनलाइफ हाइड्रोपावर,पाँचथर हाइड्रोपावर  र युनिभर्सल हाइड्रोपावरको सेयर सर्वसाधारणले खरिद नगरेको धितोपत्रबोर्डका अधिकारीहरु बताउँछन् ।

पछिल्लो समय निर्माण सम्पन्न भएर सञ्चालनमा आएका अधिकांश जलविद्युत आयोजनाले प्रतिफल दिन नसकेसँगै जलविद्युत आयोजनाको सेयरमा लगानीकर्ताको अरुचि बढ्दै गएको हो ।

चिलिमे जलविद्युत आयोजनाले उच्च प्रतिफल दिएकाले केहि वर्ष अघिसम्म जलविद्युत आयोजनाको सेयरमा लगानीगर्न लगानीकर्ताहरु बिच तछाडमछाड नै हुन्थ्यो । तर, त्यसपछि बनेका आयोजनाले प्रतिफल दिन नसकेसँगै अहिले जलविद्युत आयोजनालाई पुँजी जुटाउनै कठिन भएको छ ।

लगानीकर्ताहरु भने  विद्युत प्राधिकरणले विद्युत खरिद न्युन रकममा गर्नुका साथै अन्य आवश्यक  आर्थिक सहयोग नगरेका कारण जलविद्युत आयोजनाहरु रुग्ण बनेको बताउँछन् । तर बिज्ञहरु भने जलविद्युत क्षेत्रमा प्रवर्धक, आफै ठेकेदार र आफै सप्लायर्स हुँदा त्यसको नियमन गर्ने निकाय नभएका कारण कैयन आयोजनामा जनताले गरेको लगानी डुबीरहेकाले लगानी जुट्न नसकेको बताउँछन् । 

सेयरबजारमा सूचिकृत भएका ३२ वटा कम्पनीहरु मध्ये अहिले १९ वटा कम्पनीहरुको मूल्य १ सयभन्दा पनि तल ओर्लिएको छ । जसले पनि जलविद्युत आयोजनामा हुने लगानीमा कमि आएको हो ।

जलविद्युत कम्पनीका प्रवर्धकहरुले स्वपुजीअर्थात इक्वीटी बढाईचढाई देखाउने र सर्वसाधारणबाट ठूलो मात्रामा रकम संकलन गर्ने गरेका कारण पनि उनिहरुले लगानी अनुसारको  प्रतिफलदिन सकेका छैनन् । जसकाकारण पनि जलविद्युत आयोजनामा जनताको चासो कम हुँदै गएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...