2076 कार्तिक 29 शुक्रबार

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

  |      16:40:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?


काठमाडौं चैत, १४–
करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बिचौलियाका माध्यमबाट कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यति मात्रै होईन प्रधानमन्त्री ओलीले बिचौलियाको रुपमा फाइल बोकेर आफ्नो छेउछाउमा नआउन समेत बिचौलियाहरुलाई चेतावनी दिएका थिए । तर, यतिबेला खरिदार पदबाट जागिर छाडेका एक जना बिचौलिया प्रधानमन्त्री ओलीको भित्रिया भएको दाबी गर्दै यो मूलुकको संबैधानिक पदहरुमा आफूले चाहेको मानिस नियुक्त गर्न सक्ने फूँई लगाउदै हिँडिरहेका छन् ।  काभ्रे जिल्ला स्थाई घर भएका पूर्व खरिदार दिपक तिमल्सिनाको यतिबेला चुरिफुरी हेरिनसक्नुको छ । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा समेत आफ्नो रवाफको धक्कु लगाउदै हिँड्ने तिमल्सिनाले अहिले आफूलाई प्रधानमन्त्री ओलीको ‘बिजनेश’ पाटर्नरको रुपमा परिचय गराउने गर्छन् । नाताले प्रधानमन्त्री ओलीको सालाका छोरा पर्ने स्वकीय सचिव राजेश शाक्य मार्फत ओलीको किचनसम्मै आफ्नो हैसियत रहेको तिमल्सिनाले बताउने गर्छन् ।

उनी यतिबेला प्रधानमन्त्री ओली मार्फत आफूले मुख्य दुईवटा मिसन पूरा गर्न लागेको खुलेआम भन्दै हिडिरहका छन् । उनले अख्तियार प्रमूखदेखि नेपाल प्रहरीको आईजीपी आफ्नै सल्लाह बमोजिम प्रधानमन्त्री ओलीले नियुक्त गर्ने समेत बताउदै छन् । त्यति मात्रै होईन तिमल्सिनाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सभामुख समेत रहेका माओवादी नेता कृष्णबहादुर महरालाई भेटेर कार्यबाहक अख्तियार प्रमुख नविन घिमिरेलाई प्रमुख बनाउन लबिङ गरिरहेको बताउने गरेका छन्  । उनले उपेन्द्र महतोसँग पनि आफ्नो दैनिक जसो उठबस भैरहने फूर्ति समेत लगाउने गरेका छन् । अहिले नेपाल प्रहरीको आईजीपी बनाउने बहस तिब्र भैरहेको छ । आईजीपीका लागि तीन जनाको नाममा निकै चर्चा–परिचर्चा भैरहेको छ । यी तीन नाम मध्ये  तिमल्सिनाले आफूले लबिङ गरे अनुसार  प्रधानमन्त्री  ओलीे पनि आईजीपी बनाउन तयार रहेको उल्लेख गर्ने गरेका छन् । यदि यो कुरालाई साँचो ठान्ने हो भने प्रधानमन्त्री ओलीले प्रधानमन्त्री हँुदा बोलेका आफ्नै कुरा खण्डन गरेको देखिन्छ । होईन भने खुलेआम बिचौलियाको भूमिकामा चलखेल गर्दै हिँड्ने तिमल्सिनालाई प्रधानमन्त्री ओलीले कारबाहीको दायारामा ल्याउन सक्नुपर्छ । त्यति मात्रै होईन अघिल्लो सरकारले आइजीपी नियुक्त गर्दा जुन कुराको कारण अलोकप्रियता कमायो यो सरकारले पनि त्यही बाटो रोज्ने धृष्टता पक्कै गर्नेछैन । साथै निकै भताभुङ्ग तथा जीर्ण तरिकाले गुज्रिरहेको प्रहरी संगठनमा कुशल नेतृत्व चयन गर्न सरकारले खुट्टा कमाउनु हुदैन । त्यति मात्रै होईन प्रधानमन्त्रीको नाम र पावरको दुरुपयोग गर्दै हिँड्ने तिमल्सिनालाई यथाशिघ्र कारबाहीको दायरामा ल्याउनुपर्छ ।

होइन भने प्रधानमन्त्री ओली पनि आलोचनाको शिकार हुनुपर्ने निश्चित छ । त्यति मात्रै होईन आफ्नो रवाफको धक्कु लगाउदै हिँड्ने तिाल्सिना पहिलेदेखिका नामुद बिचौलिया भएको समेत छताछुल्ल भएको छ । केही समय पहिले आर्मी अफिसर्स क्लबमा कामु प्रधानन्यायाधीश दिपकराज जोशीको छोराको बिहेको पार्टी थियो । पूर्व प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल र पूर्व अर्थमन्त्री डा. रामशरण महत जाँडले मातेका थिए । जाँडले मातेका पूर्व प्रहरी प्रमुख अर्यालले  मुरमुर्रिदँै  दिपक तिमल्सिनालाई तल्लोस्तरको शब्द प्रयोग गरेका थिए । उनले दिपकको नाममा मुख छाड्दै  आफूलाई अख्तियार प्रमुख दिप बस्न्यातको च्याम्बरमा पुर्याएर उनीसँग  ५० लाखको डिल गराईदिएको बताएको स्रोतको दाबी छ ।  तिमल्सिनाले ओली, देउवा र प्रचण्डलाई मिलाउनुपर्ने जिम्मेवारी समेत आफूलाई रहेको र उनीहरु तीनै जना आफ्नो ब्यापारिक पाटर्नर भएको रवाफ समेत देखाउने गर्छन् । उनले एनसेल प्रकरण मिलाउन तत्कालिन प्रधान्यायाधीशलाई रसियामा तथा आरजु देउवालाई सिंगापुरमा पुगेर पैसा दिएको बताउने गरेको स्रोतले जानकारी गरायो । अहिले उनले प्रधानमन्त्री ओलीका स्वकीय सचिव शाक्य मार्फत  अख्तियारमा कसलाई प्रमुख बनाउने र कसलाई राजदुत नियुक्त गर्ने भन्ने सेटिङ मिलाएको बताउदै हिँड्ने गरेका छन् । उनले राजेश मार्फत आफूलाई सबैतिर मिलाउने जिम्मेवारी मिलाईएको बताउने गरेका छन् । प्रधानमन्त्री ओली एउटा खरिदारको जागिर छाडेर बिचौलिया खेलाडीको सल्लाह मानेर संवैधानिक नियुक्ति गर्न अग्रसर होलान या आफ्नै तरिकाले विधि विधानमा बसेर नियुक्त गर्लान त्यो भने हेर्न बाँकी छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...