2077 जेष्ठ 12 सोमबार

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

  |      20:28:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
 प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं कात्तिक, २२– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।  भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि चर्किएको सीमा विवादको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् । 
प्रधानमन्त्री कार्यालयले दलका शीर्ष नेता र केही विज्ञलाई बैठकमा बोलाएको  जनाएको छ। बालुवाटार स्रोतले दिएको जानकारी अनुसार शनिबारका लागि सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाईएको छ ।  प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे बोलाएको सर्वदलीय बैठकमा  सीमा विवादका विषयमा सामूहिक धारणा तय गर्ने अपेक्षा गरिएको छ । 
भारतको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएपछि नेपालमा त्यसको चर्को विरोध भइराखेको छ। सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसका युवा संगठनले संयुक्त आन्दोलन चर्काइरहेका बेला सरकारले सर्वदलीय बैठक बोलाएको हो। 

भारतले लिपुलेक र कालापानी समेटर सार्वजनिक गरेको नयाँ नक्सा सरकारले अस्वीकार गर्ने बताएको छ।  नेपाली भूमिलाई समेट्दै भारतले एकपक्षीय ढंगबाट नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको प्रति सरकारले बिहीबार पत्रकार सम्मेलन गरेरै आपत्ति जनाएको हो। 

‘हामी त्यो नक्सालाई अस्वीकार गर्छौँ र राजनीतिक तहबाट समाधानाको काम गर्ने र्छौँ’, बिहीबारको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने, ‘त्यहाँ मात्रै होइन अरू ठाउँमा पनि सीमा सम्बन्धी विषय टुंगो लगाउन बाँकी छ। करिब–करिब २ प्रतिशत जति ठाउँमा समस्या छ। राजनीतिक र कूटनीतिक तबरबाट दसी र प्रमाणका आधारमा समस्या समाधान गर्छौँ।’ 

भारतले भने विवाद समाधान गर्न आफू तयार रहेको बताएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले नक्सामा सीमा परिवर्तन नगरिएको दाबी गर्दै समस्या समाधान गर्न भारत तयार रहेको बताएका हुन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...