2077 जेष्ठ 14 बुधबार

पूर्व उद्योग मन्त्री जोशीद्धारा ईम्प्याक्ट अफ कोभिड–१९ सम्वन्धी प्रतिवेदन पेस

  |      14:06:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
पूर्व उद्योग मन्त्री जोशीद्धारा ईम्प्याक्ट अफ कोभिड–१९ सम्वन्धी प्रतिवेदन पेस

काठमाडौ, जेठ ९ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष तथा पूर्व उद्योग मन्त्री नविन्द्र राज जोशीले आजमाननीय उप–प्रधानमन्त्री तथा उहाँमार्फत सम्माननीय प्रधानमन्त्री समक्ष प्रतिष्ठानले गरेको  “सर्भाइवल, रिभाईवल, एण्ड बियोण्डः नेपाल्स स्ट्राटेजी टु म्यानेज द ईम्प्याक्ट अफ कोभिड–१९“ अध्ययनको प्रतिवेदन पेश गरेकाछन । 

उक्त अध्ययनको अन्यका अतिरिक्त सरकारले जीडीपीको ५५ अर्थात करिब २ खर्बको आर्थिक तथा राहत प्याकेज तुरुन्त ल्याउनु पर्ने निचोड रहेको छ । यसबाहेक जीवनयापनमा समस्या परेकालाई नगद वा खाद्यान्न उपलब्ध गराउनु पर्ने, कोभिड–१९ को व्यापक परीक्षण गर्नु पर्ने, एसईई परीक्षा खारेज गर्नु पर्ने, स्वास्थ्यकर्मी लगायत अग्रभागमा रहेर काम गर्नेको मनोबल बढाउन भत्तातथा सुरक्षाको स्तर बढाउनु पर्ने जस्ता निचोड पनिउ क्तअध्ययनको रहेको छ ।

प्रतिष्ठानले अध्ययनको सारांश केहि एक हप्ता अघि नै सार्वजनिक गरिसकेको भएता पनि प्रधानमन्त्री र उपप्रधानमन्त्रीको कायै व्वस्तताको कारणले सरकारलाई यो प्रतिवेदन बुझाउन समय मिलेको थिएन । प्रतिवेदन ग्रहण गर्दै माननीय उप–प्रधानमन्त्री ईश्वर पोख्रेल छोटो समयमा गहन अध्ययन गरेर सुझाव पेश गरेकोमा अध्ययन टोलीलाई बधार्य दिंदै, प्रतिवेदनको धेरै भन्दा धेरै सुझावहरु बजेटमा समावेस गर्न अर्थमन्त्री संग छलफल गर्ने आस्वासन दिए । 

उनले स्वस्फूर्त रुपमा यस प्रकारका अध्ययन विरलै हुने गरेको जनाऊँदै प्रतिष्ठानले गरेको यो कार्य सह्रानीय रहेको बताए । यसै क्रममा उपप्रधानमन्त्रीले सरकारले कोरोना विरुद्धको लडाईमा संपूर्ण शक्ति लगाएको छ तर विभिन्न बाधा व्यवधानले गर्दा केहि कुराहरुलाई प्राथमिकरण गर्नु परेको छ । यसमा पहिलो प्राथमिकता परीक्षण, विदेशमा अलपत्रमा परेका नेपालीलाई देशमा ल्याउने र दैनिक जीवनयापनमा समस्यामा परेकालाई खाद्यान्न उपलब्ध गराउनु रहेको बताए ।


प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीको अध्यक्षतामा गठित अध्ययन समितिमा पृथ्वीराज लिगल (पूर्व उपाध्यक्ष–रा.यो.आ.), डा. जगदिशचन्द्र पोख्रेल (पूर्व उपाध्यक्ष–रा.यो.आ.), प्रा.डा. गविन्दराज पोख्रेल (पूर्व उपाध्यक्ष–रा.यो.आ.), डा. स्वर्णिम वाग्ले (पूर्व उपाध्यक्ष–रा.यो.आ.), प्रा.डा. पुष्कर वज्राचार्य (पूर्व सदस्य–रा.यो.आ.), डा. अरविन्दकुमार मिश्र (पूर्व सदस्य–रा.यो.आ.), प्रा.डा. कुशुम शाक्य, डा. दधि अधिकारी , महेन्द्र यादव र बसन्ती आचार्य लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।  


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...