2076 माघ 08 बुधबार

पत्रिकामा आरोप प्रत्यारोप आउनु खेदको कुरा, सम्पत्ति शुद्दिकरण सरकारले गर्ने कि कान्तिपुरले ?

  |      11:23:00   |  

प्रयोजक :

15783912831120x100-2.gif
Corporate-benefit_1280x150Pixles.gif
पत्रिकामा आरोप प्रत्यारोप आउनु खेदको कुरा, सम्पत्ति शुद्दिकरण सरकारले गर्ने कि कान्तिपुरले ?

 

काठमाडौं माघ, १६–
शिव अधिकारी
मैले यसपूर्व लेखेको एउटा टिपोटलाई लिएर गरिएको टिप्पणीको कारण मैले यो लेख लेख्न बाध्य हुनुपरेको कुरा पनि बुझिदिन मित्रहरुमा अनुरोध छ। हामीले पढिरहेको कान्तिपुरको इतिहास लामो नभए पनि यसले पत्रकारिता क्षेत्रमा राम्रो उचाई लिन सकेको थियो तर, यसको अहिलेको गतिविधिले त्यो लोप हुने अवस्थामा पुग्नु पनि अनौठो हुनेछैन । संचारले राज्यको चौथो अंगको स्थान पाएको भएपनि यसले एकजना व्यापारीलाई पत्रिकाको मालिकसँगको कारोबारलाई लिएर पटक–पटक गाली गलौज गर्ने र अनावश्यक समाचार बनाएर यसका हज्जारौँ ग्राहकको दिमाग चाट्ने अपराधमा यो कान्तिपुर मुछिएको छ ।

अजेय सुमार्गी र यसका प्रकाशक कैलाश सिरोहियाको लेनदेनको कुरालाई लिएर सुमार्गीको व्यवसायिक अवस्था नै धाराशायी पार्ने सम्मको प्रयाश यो पत्रिकाको पाउनुलाई यसका सम्पूर्ण ग्राहकले खेद व्यक्त गरिरहेका छन् ।

सुमार्गीले रजिष्ट्रेशन पास गरेर लिईसकेको जग्गा पुरानै मूल्यमा फिर्ता लिने क्रममा सुमार्गीलाई सोल्टी होटलमा अपहरण गर्ने प्रयत्न भएको कुरा समेत सुमार्गीको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।

सोल्टीमा कान्तिपुरका सिरोहियाले २ करोडको माग गरेपछि सुमार्गीले दिन नसक्ने भनिदिएछन् त्यसकै भोलिपल्टको कन्तिपुरमा सुमार्गीले २२ अर्ब सम्पत्ति घोटाला गरेको भनेर मुख्य शिर्षक बनाउन पनि लाज मानेनन् । के उनले २ करोड दिएको भए सुमार्गीको कुनै दोष थिएन भन्ने थिए त ?

यदि यो घटना नभएर उनले केही अनुसन्धान गरेर त्यस्तो समाचार प्रकाशन भएको भए स्वाभाविक हुने थियो । फेरी सुमार्गीको रकम रोक्का प्रकरण धेरै पुरानो हो । यसमा राज्यले पनि त निगरानी गरेकै हुनुपर्छ । यतिखेर आएर आफुले पत्रिकाको ताकतबाट लिन खोजिएको रकम नपाएपछि यो करामत आफ्नै पत्रिकाबाट गरिनुलाई निकृष्ट काम नभनेर के भन्ने ।

सुमार्गीले अदालतमा क्षतिपूर्तिको माग सहित उजुरी दिएका छन् । एउटा व्यापारीले आफ्नो व्यापारमा वद्नाम भएपछि त्यसमा हुने घाटा एकातिर भयावह हुन्छ भने व्यापार संचालन गर्न लिएको कर्जाको व्याज तिर्न पनि अर्को समस्या उत्पन्न भैरहेको हुन्छ । यि सवै कारणले गर्दा निजले सो क्षतिपूर्तिको माग गर्नु स्वाभाविक पनि हो र संभवतः अदालतले त्यो निर्णय सकारात्मक लिन सक्ने अवस्था पनि छ । यदि यो भएमा सिरोहियाको अवस्था के हुन्छ ।

अर्कालाई सिध्याउन खोज्दा आफै खाल्टोमा जाकिने अवस्था पनि आउन सक्छ । किनभने सम्पत्ति सुद्धिकरण भनेको सरकारको कुरा हो, छानविन गर्ला । सुमार्गीले आफूले गरेको कारोवारवाट भएको आम्दानीको कर तिरेका छन् छैनन् ? त्यसको छानवीन गर्ने काम त सरकारको हो । सुमार्गी यो देशका रष्ट्रिय पूँजिपति हुन् । उनले विदेशमा नभएर यसै देशमा व्यवसाय गरिरहेका छन् । उनका उद्योग व्यवसायमा सयौंले रोजगारी पाएका पनि छन् । के यि सवै बन्द गराएर रोजगारी पाउनेको समेत रोजीरोटी हरण गर्न खोजेका हुन् त सिरोहियाले ।

यसर्थ पत्रिकाले पत्रिकाको स्तरलाइ गम्भिरतापूर्वक लिएर प्रतिष्ठापूर्ण बनाउन सक्नुपर्ने हो । त्यो अवस्था कान्तिपुरले गुमाउँदै गएको अवस्था देखा परिरहेको छ । यस अघि पनि कन्तिपुरले नै चन्द्र ढकालको चन्द्रागिरी केवलकारको अभियान रोक्न खोजेकै हो । त्यहाँको जंगल फडानी गरेर वातावरण विनास गर्ने देखि लिएर जथाभावि आम्दानी गर्ने काम भयो भनेर धेरै दिन गन्गन गरेकै थियो । यतिमात्र नभएर यो कार्यक्रममा सरकाले छुट दियो अर्थात सरकारले हेरेन सरकारका मन्त्रिले नाजायज फाईदा उठाए, जस्ता आरोप लगाएकै हो ।

होला त्यहाँको भित्रि रहस्य के छ थाहा भएन तर पनि यो कार्यक्रम धेरै राम्रो बनिरहेको पाईन्छ । पर्यटकको आकर्षक गन्तव्य वनेको चन्द्रागिरी पुग्न सहज बनाएको कारण देशको आन्तरिक र बाह्य पर्यटकको भ्रमण त्यहाँ प्रसस्त हुँदै गएको छ । हो, वातावरणीय हिसाबमा त्यसको अध्ययन भएको छैन भने यो कसरी बन्न पुग्यो । यो पनि सर्वसाधारणको लागि पश्न गरिरहनुपर्ने विषय बनिरहेकोछ । यद्यपि यो पत्रिकाले त्यो केव कार र चन्द्रागिरीको अवस्थामा आएको परिवर्तनको वारेमा त केही बोलेन । त्यहाँ कतिले रोजगारी पाएका छन् र पर्यटनको विकास गर्नको लागि त्यो कतिको महत्वपूर्ण थियो भन्ने कुरा त यसले सोचेको पाईएन ।

अहिले देश वनाउने अभियान चाहिएको छ । जनता यो भन्दा परको कुरा सुन्ने पक्षमा पनि छैनन् । अझ सुमार्गी विदेशवाट रकम ल्याएर यसै देशमा उद्योग खोल्ने र जनतालाई रोजगारी दिने अभियानमा लागेका छन् । यसरी कृयाशील उद्यमीलाई प्रोत्साहित गरेर बढि रकम भित्राउन लगाउने र नयाँ उद्योग शुरु गर्ने अवसर दिने कि विदेशवाट ल्याएको रकम ट्याक्स हेभेन वा के भनेर अल्झाउने र उद्यमीलाई निरुत्साहित गर्ने ।

ट्याक्स हेभेन देशहरुवाट के हामीले कारोवारै गर्न नमिल्ने हो र रु यो त त्यहाँका जनताको लागि सरकारले दिएको छुट होईन । यदी त्यसै कम्पनीवाट रकम ल्याएको भए पनि त नेपालमा नियमित रुपमा त्यसको आम्दानीमा कर तिरेको छ की छैन, त्यो रकम ल्याउन स्वीकृति छ कि छैन रु यति मात्र होईन र रु सरकारले हेर्ने रु

पत्रिकाले त देशलाई नोक्सानी छ छैन सरकार के गर्दैछ सर्वसाधारणलाई समेत जानकारीमा ल्याएर सचेत र सुसुचित गराउने मात्र न हो । यो नगरेर कैलास शिरोहियाले अजय सुमार्गी संग आफ्नो लेन देनको रिस फेर्न सुमार्गीको व्यवसायनै धरापमा पुर्याउने गरि कान्तिपुको मुखपृष्ठमा समाचार प्रकाशित गरिरहनु कतिको स्वाभाविक कुरा हो रु यसो गरिरहँदा यसका हज्जारौँ ग्राहक उनको झगडाको समाचार पढ्न बाध्य भएका पनि छन् । यो सिरोहियाले कान्तिपुरका ग्राहक माथि गरिएको घोर अपमान हो ।

जहाँसम्म विदेशी पैसा नेपाल भिर्त्य्राईएको कुरा छ त्यसलाई त राम्रो अनुगमन गरेर उद्योगमा लगाउँदा कसले फाईदा लिन्छ रु यो कुरा के पत्रिकालाई थाहा छैन । खालि उद्यमीसंग पत्रिकाको आडमा दलाली गरेर फाईदा लिने गरि यस्तो समाचार लगातार संप्रेषन गरिरहनु पत्रिकाकै लागि हानिकारक छ भन्ने कुरा सिरोहियाले बुझ्न सके उनकै लागि पनि राम्रो हुने थियो । जहासँम्म विदेशवाट रकम ल्याउने कुरा सुमार्गीले गरेका छन् त्यो राम्रो काम हो । समृद्द नेपाल र सुखी नेपाली बन्ने हाम्रो सपनाको लागि ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...