2077 असार 26 शुक्रबार

नोटको प्रयोगलाई प्रोत्साहित गर्न सफा नोट नीति २०७३ मा संसोधन गरिएको हो: राष्ट्र बैंक

  |      15:31:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
नोटको प्रयोगलाई प्रोत्साहित गर्न सफा नोट नीति २०७३ मा संसोधन गरिएको हो: राष्ट्र बैंक

काठमाडौ, जेठ १२ । सर्वसाधारणमा सफा नोटको प्रयोगलाई प्रोत्साहित गर्नको लागि सफा नोट नीति २०७३ मा संशोधन गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

 यसअघि आईतबार सफा नोट नीति २०७३ लाख संसोधन गरेकोमा केही अनलाईहरुले राजाको चित्र अंकित नोट नचल्ने भन्दै गलत व्याख्या गर्दे समाचार संप्रेषण गरेपश्चात राष्ट्र बैंकले सफा नोट नीतिलाई थप प्रष्ट पार्दे आज सोमबार बिज्ञप्ती जारी गरेको हो ।

बिज्ञप्तीमा भनिएको छ, बैंकले सफा नोट नीति २०७३ मा संशोधन गरी चलनचल्तीमा जाने नोटका सम्बन्धमा थप व्यवस्था गरेको छ । यस संशोधनको प्रमुख उद्देश्य सर्वसाधारणमा सफा नोटको प्रयोगलाई प्रोत्साहित गर्ने र कोभिड–१९ महामारीका कारण नोट छपाइ तथा ढुवानीमा भैरहेको असहजतालाई दृष्टिगत गरी प्रयोगमा ल्याउन सकिने अवस्थामा रहेका ठूलो संख्याका नोटलाई जलानमा नलगी पुनःबजारमा लैजान सहयोग पुर्याउनु रहेको छ । 

सफा नोट नीतिमा गरिएको संशोधनले चलनचल्तीमा जान अयोग्य नोटका बारेमारहेको साविकको व्यवस्थालाई थप प्रष्टमात्र पारेको र यस व्यवस्थाले सर्वसाधारणलाई कुनै असुविधा हुुने छैन, बिज्ञप्तीमा भनिएको छ । 

हालको संशोधनले बैंक तथा वित्तीय संस्थाहरुको मुद्रा व्यवस्थापनलाई प्रभावकारी बनाउन मद्दत पुर्याउने, सफा नोटको प्रयोगलाई वढावा दिनेर यी संस्थाहरुले एटिएम मेशिनमा राख्न मिल्ने नोटलाई हरियो रंगको फरक स्लिप लगाउनु पर्ने नयाँ व्यवस्था गरेको छ । 

संशोधित सफा नोट नीतिका प्रमुख विशेषताहरुमा बंैक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा प्राप्त हुन आएका नोटहरुलाई ए.टि.एम. लगायतका मेशीनहरुको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउण्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउनयोग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी तीन वर्गमा छुट्याउनु पर्नेछ । 

ए.टि.एम. लगायतका मेशीनहरुको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा हरियो रङ्गको स्लिप प्रयोग गर्नुपर्नेछ । काउण्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा सेतो रङ्गको स्लिप प्रयोग गर्नुपर्नेछ । चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा रातो रङ्गको स्लिप प्रयोग गर्नुपर्नेछ ।

नोटमा स्टिचको प्रयोग गर्नुहँुदैन । यसमा आवश्यकतानुसार रबर÷प्लाष्टिक÷पेपर बैण्ड प्रयोग गर्न सकिनेछ । साथै, नोटमा नलेख्ने, केरमेट नगर्ने र हिफाजत गर्ने÷गराउने व्यवस्था मिलाउनु पर्नेछ ।ट।झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाई बिग्रेको, नोटमा रहेका अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रिने गरी रङ्ग लागेको÷लेखिएको÷कोरिएको÷मेटिएको÷च्यातिएको वा पूर्वराजाको तस्वीर अङ्कित भएको नोटलाई बजारमा पुनः पठाउन नमिल्ने नोटको रुपमा वर्गीकरण गरी त्यस्ता नोटलाई चलनचल्तीमा पठाउनु हुँदैन राष्ट्र बैंकले भनेको छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...