2077 जेष्ठ 14 बुधबार

नेपाल बैंकले कर्जामा व्याज छुुट दिने

  |      19:16:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
नेपाल बैंकले कर्जामा व्याज छुुट दिने

काठमाडौ । बैश्विक महामारी कोरोना कोभिड १९ को कारणले गत २०७६ चैत्र ११ गते देखी नेपाल सरकारले देशब्यापी बन्दाबन्दी लक डाउन गर्दैआईरहेको छ । सोको कारणले आर्थिक तथा ब्यबसायिक गतिबिधि हुन नसक्दा उद्योगी, ब्यबशायी तथा अन्य ऋणिहरुमा परेको असर न्यूनिकरण गर्न नेपाल राष्ट्र बैंकद्वारा मति २०७७÷०१÷१६ गते सूचना जारी गरी ब्याज छुट नपाउने भनि बर्गिकरण गरेका कर्जाका क्षेत्रहरु बाहेक अन्य सबै कर्जाहरुको २०७६ चैत्र मसान्तमा कायम ब्याजदरमा दुई बिन्दूले कम गरी २०७६÷७७ को चौथो त्रैमास (२०७७ को बैशाख, जेष्ठ र असार) को ब्याज गणनागर्न निर्देशन भए बमोजिम यस नेपाल बैंक लिमिटेडद्वारा २०७७ बैशाख १ गतेदेखी लागूहुनेगरी २०७६ चैत्र सम्म लगानी गरिएका कर्जाहरुमा चैत्र मसान्तमा कायम ब्याजदरमा दुई बिन्दूले छुटदिने निर्णय गरेको हो ।

बैंकद्वारा २०७६ चैत्र मसान्त सम्म लगानी भएका कर्जाहरु जस्तैः हाईपोथिकेशन, अधिविकर्ष, चालुपूँजी, मार्जिन, डिमाण्ड, सूनचाँदी, हायर पर्चेज, ब्यक्तिगत आदीको हकमा चैत्र मसान्तको आधारदर सात दसमलव ८२ मा लगाईएको प्रिमियममा दुुई बिन्दूले छुट दिने ब्यबस्था मिलाईएको छ । 

यस्तो छुट त्रैमासिक ब्याज, किस्ता तथा अन्य दैदस्तुर तिर्ने ऋणिको हकमा २०७६ पौष मसान्त तथा मासिक किस्ता, ब्याज तथा अन्य दैदस्तुर तिर्नेहरुको हकमा २०७६ फाल्गुण मसान्तको त्यस्ता रकम तिर्न बाँकी भएका ग्राहकहरुले चौथो त्रैमासभित्र कर्जा नियमित गरेमा समेत बैशाख देखी असार सम्मको अबधिको ब्याजमा दुुई बिन्दूले छुट पाउनेछन् । 

२०७७ साल बैशाखमा किस्ता तिरिसकेका ग्राहकहरुले पनि यस्तो छुट सुबिधा पाउने र सोको हिसाब मिलान बैंकद्वारा गरिनेछ । यस प्रकारको छुट सुबिधा प्रदानगर्दा कतिपय ग्राहकहरुले बैंकको आधारदर बराबरकै अर्थात सात दसमलव ८२ प्रतिसत कै न्यूनतम ब्याजदर सुबिधा प्राप्तगर्न सक्नेछन् ।


बन्दाबन्दीको यस बिषम परिस्थितिमा पनि नेपाल बैंक लिमिटेडद्वारा संभव भएसम्म न्यूनतम कर्मचारीहरुको उपस्थितिमा सुरक्षाका उपायहरु अवलम्बन गरी नगद कारोबार, चेक क्लियरिङ्ग, लगायतका कारोबारहरु बिहान ११ः०० बजे देखी अपरान्ह २ः०० बजे सम्म संचालनगर्दै आईरहेको छ । 


देशका कतिपय स्थानिय निकाय एवं जिल्ला प्रशासनद्वारा अनुरोध÷निर्देशन भई आएमा सोही बमोजिम शाखाहरु आलोपालोमा संचालन हुँदै आईरहेको र बैंकद्वारा डिजिटल बैंकिङ्गको माध्यमबाट  ग्राहकबर्गमा बिभिन्न बैकिङ्ग सेवाहरु निशुल्क उपलब्ध गराउँदै आएको समेत जनकारी दिएको छ ।   


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...