2077 जेष्ठ 17 शनिबार

नेपाल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अधिकारीद्वारा शपथ

  |      10:30:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
नेपाल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अधिकारीद्वारा शपथ

काठमाडौ, असोज १८, नेपाल बैक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीलाई नेपाल बैक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले प्रधान कार्यालयमा आयोजित एक विशेषःसमारोहका बीच पद तथा गोपनीयताको शपथ गराए । सो अवसरमा सभापतिको आसनबाट बैक संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले उच्चतम व्यवसायिक अभ्यास सहित उम्मेदवारहरुमध्ये योग्यतम व्यक्तिलाई बैकको प्रमुख कार्यकारी अधिकृत चयन गरिएको वताउंदै यस कार्यमा नेपाल सरकार, बैकभित्रका कर्मचारी युनियन र सम्वद्ध सरोकारवालाबाट प्राप्त सहयोगको हार्दिक सराहना गरे । सो अवसरमा बैकका संचालक दीपेन्द्र विक्रम थापाले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अत्यन्त व्यावसायिक व्यक्तित्व रहेको वताउंदै उहांको कार्यकाल सबै सरोकारवालामा बैक होस् त नेपाल बैकजस्तै अर्थात बैक भनेकै नेपाल बैक भन्ने मान्यता स्थापित गर्न सफल रहोस् भन्ने शुभेच्छा प्रकट गरे ।
सो अवसरमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपालकै अगुवा बैकमा प्रमुख कार्यकारी पदमा आफुलाई दिईएको विश्वासपूर्ण जिम्मेवारीप्रति हरदम इमान्दार रही सबैको विश्वासको धरोहरको रुपमा रहेको नेपाल बैकको श्रीवृद्धिका लागि नैतिकतापूर्ण एवं व्यवसायिक बैंकिंग अभ्यास आत्मसात गरी मन वचन र कर्मले समर्पित रहने प्रतिवध्दता प्रकट गर्नुभयो । बैकको प्रधान कार्यालयमा संचालक समितिका सदस्यहरु सर्वश्री हरिशरण पुडासैनी, गंगा प्रसाद ज्ञवाली, बैकका सहायक प्रमुख कार्यकारी अधिकृतहरु, मुख्य प्रवन्धकहरु लगायत वरिष्ठ अधिकारीहरुको सहभागितामा बैकका कम्पनी सचिव केशव भण्डारीको सहजिकरणमा सम्पन्न उक्त कार्यक्रममा नेपाल बैक का सहायक प्रमुख कार्यकारी अधिकृत समता पन्त, नेपाल बैक कर्मचारी युनियनका महासचिव राजुराम मुनकर्मीले नवनियुक्त कार्यकारीलाई हार्दिक वधाई तथा शुभकामना सहित बैक विकासका सबै पहलमा सहयोग र साथको प्रतिवद्धता प्रकट गरे ।
वि.सं. २०२७ मा लम्जुंग वेसीसहरको भकुण्डेमा माता शिरमाया अधिकारी र पिता स्व. चन्द्र बहादुरका ज्येष्ठ सुपुत्रको रुपमा जन्मेका अधिकारीले त्रिविविबाट एमविए र पुर्वान्चल विश्वविद्यालयबाट ईएमविएको शैक्षिक योग्यता हासिल गरेकाछन । नेपाल बैकमा वि.सं २०६१ मा सेवा प्रवेश गरी विभिन्न महत्वपूर्ण जिम्मेवारी अनुभव संगाली विगत छ महिना यता कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका अधिकारीलाई मिति ०७६।६।११ मा  बैक संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा छनोट गर्ने निर्णय गरेको थियो । यस पदमा १४ जना आकांक्षीहरुले आवेदन दिएका थिए ।
    

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...