2076 कार्तिक 27 बुधबार

नेपाली सीमामा भारतीय एसएसबीको आतंक
भारतीय सुरक्षाकर्मीको अवरोधले करोडौंमा बन्न लागेको आवास गृहको काम लथालिंग

  |      00:00:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
नेपाली सीमामा भारतीय एसएसबीको आतंक

काठमाडौं कात्तिक, २३– इलामको सन्दकपुर गाउँपालिकास्थित आहालटारमा भारतीय सुरक्षाकर्मीको हस्तक्षेपले आवासगृह निर्माण रोकिएको महिनौं भयो। गुगल म्यापमा निर्माणधीन क्षेत्र भारततर्फ पर्ने भन्दै भारतीय सुरक्षाकर्मीले अवरोध गरेका कारण तीन करोड रुपैयाँ लागतमा बन्न लागेको आवास गृहको काम लथालिंग छ।

मोरङको सीमावर्ती क्षेत्रमा बर्सेनि भारतीय अतिक्रमण प्रयास हुन्छ। केही महिनाअघि जहदा गाउँपालिका–१ कालामनिजरस्थित दसगजा मिचेर भारतीय पक्षले निर्माण गरेको सडक स्थानीयले विरोध गरेपछि दुवै देशका सीमा सुरक्षा अधिकारीको समन्वयमा समाधान गरिएको थियो।

भारतले बारम्बार नेपाली भूभाग मिचेर सडक निर्माण गरेको विवाद मोरङ जिल्ला प्रशासनमा आइरहन्छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी सीमा क्षेत्रका विवादित विषय बर्सेनि मिलाउनुपरेको बताउँछन्। दसगजा क्षेत्रमा भारतीय नागरिकले घरसमेत बनाएर बसेका छन्।

भारत र नेपालको सीमा क्षेत्रमा देखिने यी दुई प्रतिनिधि उदाहरण हुन्। भारतसँग सिमाना जोडिएका प्रदेश १ का ६ जिल्लामा भारतले नेपाली भूभाग मिच्ने र नेपालका गतिविधिमा हस्तक्षेप गर्ने क्रम बर्सेनि बढ्दो छ। सीमा जोडिएका तराईका जिल्लामा नेपालतर्फकै भूभागमा सडक बनाउने, भारतीय प्रहरीको चेकपोस्ट र टहर निर्माण गर्नेदेखि सीमानजिकै नेपालका विकास निर्माणमा अवरोध गर्ने क्रियाकलाप उच्च छ।

ताप्लेजुङ र पाँचथरका सीमा भूभागमा नेपाली सुरक्षाकर्मीको उपस्थिति नहुँदा दर्जनौं सीमास्तम्भ हराएका छन्। भारतीय नागरिक खुला सीमाको फाइदा उठाउँदै नेपाली भूभागमा पसेर आपराधिक गतिविधि गर्नुका साथै तस्करी बढेको ताप्लेजुङ कालिखोलाका टाइन्द्र चापागाईं बताउँछन्।

‘भारतले कञ्चनजंघा हिमाल जाने बाटो नेपाली भूमिमै बनाएको छ। नेपालतर्फ आएर भारतीय घाँसदाउरा गर्छन्’, उनले भने। अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...