2077 मंसिर 09 मंगलवार

नेपालीको ठूलो चाड दसैंको अर्थतन्त्रमा प्रभाव र सरकारी रवैया

  |      11:27:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
1600410374HBL-ad-work-update-1080x100.gif
नेपालीको ठूलो चाड दसैंको अर्थतन्त्रमा प्रभाव र सरकारी रवैया

अरुण राज सुमार्गी–
काठमाडौं ।
दसैंको पर्व सद्भावको पर्व हो । यसलाई अझ परिष्कृत गरौँ । यसमा पनि अर्थतन्त्रको सबलीकरण लुकेको छ समुन्नत देश बनाउन । नेपालको अर्थ बजारमा निकै ठूलो मान्यता राख्ने नेपालीहरूको एकमात्र ठूलो चाड दसैं हो । सदियौँदेखि दसैंको हाम्रो आर्थिक क्षेत्रमा निकै प्रभाव रहँदै आएको छ । सञ्चित धनदेखि बैंकिङ कारोबारीहरूसहित दसैंमा खर्चने कार्य गर्छन् । यस्तो प्रकारको परम्पराले गर्दा हामी अर्थतन्त्रको क्षेत्रमा सामेल व्यवसायीहरूका लागि दसैंको प्रतीक्षा नै हुने गर्छ । धार्मिक सद्भावका साथ सधैं दसैंको आफ्नो अलग सामाजिक तथा आर्थिक पहिचान बनेको छ ।

हुन त देखासिकीका कारण वा प्रतिस्पर्धाका कारण हामी दसैंमा फजुल खर्च खानपिन र नयाँ वस्त्र तथा साधन र स्रोत घरजग्गाजस्ता वस्तुहरूतर्फ लागेको र लाग्ने मौसमजस्तै बनाएका छौँ । कुल आम्दानीको ठूलो हिस्सा दसैंका लागि नेपालीले छुट्ट्याउने गरेको पाइन्छ । यो मौकालाई उद्योगी–व्यवसायीले राम्रो सिजनका रूपमा आफ्नो उत्पादन, आफ्नो स्टक तथा आफूद्धारा बेचिने सामानहरूमा राम्रो लगानी गरेका हुन्छन् । खाद्य सामग्री, सेवामुखी व्यवसाय, भौतिक पूर्वाधारका सामानहरूजस्ता सबै प्रकारका उत्पादनहरूलाई यो सिजनमा बढीभन्दा बढी खपत गराउने, बिक्री गर्ने गरेको पाइन्छ ।

यो बेला देशको कर तथा अन्तःशुल्क, भन्सार महसुलबाट उठ्ने अर्थका कारण देशको ढुकुटीलाई पनि राम्रै आशा रहेको हुन्छ । यस प्रकारको अर्थतन्त्र चलायमान गराउने दसैंका बारेमा देशका सामाजिक सञ्जाल तथा अभियानकर्ताहरूले यस प्रकारको पर्वलाई विभिन्न प्रकारको संज्ञा दिने गरेको पाइन्छ । दसैंको बदलिँदो परिस्थितिलाई मध्यनजर गरेर सामाजिक सञ्जालमा गरिबलाई दसैं होइन, दशा हो भन्ने गरेको पनि धेरै भयो । यस प्रकारको आ–आफ्नो मौलिकतामा आधारित वर्षको एकपल्ट कुनै न कुनै कार्निभल पर्व नयाँ वर्षजस्ता संज्ञा दिएर विश्वभरि मनाउने गरेको पाइन्छ ।

र, ती देशहरूका लागि पनि यस्ता अवसरमा अर्थ बढी चलायमान हुने गरेको पाइन्छ । सरकारले पनि यस प्रकारको कारणबाट हुने व्यापारको संरक्षण गर्न स्थापित मूल्य र मान्यतामा आधारित यस प्रकारका चाडपर्वलाई आफ्नो नीति तथा कार्यक्रमहरूमा प्रशस्त ठाउँ दिएको पाइन्छ । यिनलाई आर्थिक नीतिभित्रै समावेश गरेको पनि देखिन्छ ।

हामीले सिक्ने भनेको अरूहरूको राम्रो पक्ष हो, तर यहाँ अरूको अनुसरण त कता हो कता, हाम्रो संस्कार तथा परम्परा नै मासिने गरेको, मेला, महोत्सव, पर्वहरूलाई सुधार गरेर त्यसबाट हुने खुसी आर्थिक कारोबारको बढैती÷सद्भावलाई नै महत्व नदिएर परम्परावादी सोचको परिवर्तन भनेको सुन्न पाइन्न । तर, देशले अनुशरण गरिरहेको परम्परावादी अर्थतन्त्रचाहिँ भने आफ्नो बाटोबाट टसमससमेत गराउन चाहन्नन् । यसको पछाडि लुकेको अर्थ के हो भने आसेपासे पोस्ने तजबिजमा काम गराउने, क्रान्तिको नाममा वितरणमुखी अर्थतन्त्र चलाउने, भएको ढुकुटी सक्काउने नै स्थापित भइराख्न दिने ।

दसैंमा अर्थतन्त्र चलायमान हुनुका कारणहरूलाई हामीले थप अध्ययन गर्नु जरुरी छ । वर्षभरिमा यो दिन र यो पर्व कुरेर यो पर्वका लागि तयारी गरेको बजार थप विकासमा हामीले नीतिगत के व्यवस्था गर्न सक्छौं भन्नेबारेमा पहलकदमी गर्नु जरुरी छ । यस्तो पर्वको बेलालाई यो विश्वभरि फैलिइरहेको कोरोनाको कारण पर्न गएको असरबारे हामीले यसको कारण सिर्जना भएको आर्थिक मन्दीलाई कसरी सम्बोधन गर्नुपर्छ भन्नेबारेमा थप अध्ययन जरुरी छ ।

कोभिड–१९ का कारण हामीले पर्वमा छाडेका र छोड्दा पनि पर्व मनाएका विषयहरूमा खास खोज, अध्ययन गर्नु जरुरी छ । बढी व्यवसाय गर्ने, त्यो पनि आफ्नो देशको उत्पादनलाई महŒव दिने जस्ता वस्तुहरूको खोज र व्यवस्थापन नै हाम्रा लागि सबल अर्थतन्त्रको मार्ग हो भन्ने शोधबाट देखिन आएको छ । हाम्रो अर्थतन्त्रको आयतन सानो भए पनि हामी त्यसलाई आत्मनिर्भर अर्थतन्त्र बनाउन सहजै सक्ने अवस्थामा छाँै । तर, हामीले परिवर्तनका नाममा खर्च बढाएर आम्दानी बढाउनेतर्फ आक्रामक शैली अपनाउन भने सकेका छैनौँ ।

संघीय सरकारको संरचना र स्थानीय तह, त्यसपछि प्रदेशको संरचनाका लागि हामीलाई पर्याप्त आम्दानी पर्याप्त अर्थको व्यवस्था गर्नुपर्ने हुन्छ । यहाँ खर्च बढिरहँदा आम्दानी बढाउनेतर्फ आक्रामक योजना पस्कन त कता हो कता, प्रस्तावका लागि सोच पनि आएको पाइँदैन । यता हाम्रो योजना आयोग र भौतिक पूर्वाधारले अर्थतन्त्रसँग जोडेर आर्थिक पक्षलाई दरो बनाउन भनेर राष्ट्रिय योजनाको प्रस्ताव पनि नयाँ दिन सकेको देखिन्न । हुन त देश चलाउने दल र नेताहरूले बूढीगण्डकीजस्ता परियोजनालाई बढी नै बनाउने उद्देश्य बोकेको देखिन्छ ।

अरुणको योजनालाई २५ वर्ष पछाडि धकेल्दा पनि अर्थतन्त्रमा पर्न गएको भन्दा गतिलाई नबुझ्ने राष्ट्रका रूपमा स्थापित नै गराउने राजनीतिक सोच नै पनि हाम्रो अर्थतन्त्रको सबलीकरणको बाधक हो भन्न सकिन्छ । लामो समयदेखि सुनिआएकोे र जिजु बाजेले देशको विकट ठाउँमा विद्युत् उत्पादन गरिसक्दा नारायणघाटबाट मुग्लिनसम्मको क्षेत्र भएर बगिरहेको बूढीगण्डकीलाई स्थापित गर्न नसक्नु पनि हाम्रो सोच नै हो भने पनि हुन्छ । भौतिक विकास देखिने विकास हो भने सामाजिक र सद्भावको विकास पनि अर्थतन्त्रको बलियो खम्बा हो ।

हाम्रो संस्कार हाम्रो देशका लागि वरदान नै हो । संस्कार र धर्मले हामीलाई पर्याप्त पर्यटक प्रदान गरेको छ । अझ यसमा संस्कारद्वारा सद्भाव, संस्कार र धर्मसंस्कृृतिको जगेर्ना गर्न आउने नीतिले हामीलाई समुन्नतिको बाटोमा लैजान साधन बन्ने कुरामा ठोकुवा गर्न सकिन्छ । गौतम बुद्ध, सीता माता, देवका देव महादेव पशुपतिनाथ, मुक्तिनाथ, बराह क्षेत्र, पाथीभरा गोसाइँकुण्ड, मानसरोवरको यात्रामा नेपाल रारा र फोक्सुन्डोका साथै यहाँका जात, धर्म र जातिहरूको पर्वमा आधारित अर्थ विकासको सोच आजको आवश्यकता हो ।

पर्यावरण र प्राकृतिक छहराहरूले भरिपूर्ण देशको अर्थतन्त्र जादुई तरिकाबाट विकास गर्न सकिन्छ ।एउटा सन्तले भारतमा भएका मठमन्दिर घुमेर हाम्रो देशको शालिग्रामका बारेमा गरेको प्रचारका कारण आज मुक्तिनाथमा जुन प्रकारको भारतका तीर्थयात्री आइरहेका छन्, त्यसको संरक्षण र संवद्र्धनमा सरकारको नीतिले होइन, कुनै न कुनै अमुक व्यक्तिको प्रयासबाट केही बजेट छुट्ट्याउने परम्पराबाट बाहिर निस्कनुपर्छ ।

 जसरी दसैंका बारेमा हामीले बोकेको मान्यतालाई मध्यनजर गर्ने हो भने हुनेखानेहरू दसैंमा परिवारसहित आन्तरिक पयर्टक भएर खर्च गरिरहँदा हाम्रो पर्यटन व्यवसायलाई सहयोग पुग्ने गरेको पाइन्छस त्यसैगरी विश्वको मानचित्रमा सम्मानको साथ हेरिने हाम्रा पदमार्गहरू र गन्तव्यहरू पुन हिल, घान्द्रुक, धम्पुस, अन्नपूर्ण पदमार्ग, यस्ता अनगिन्ती ठाउँहरू पूर्वी पहाडमा पनि छन्, त्यहाँ दसैंको लामो छुट्टीमा आफ्नो देशका पदमार्गहरू भ्रमण गर्नेहरू पनि बढेका छन् ।

यो अवसरका कारण देखेको, हेरेको र महसुस गरेका ठाउँहरूको चर्चा विभिन्न तरिकाबाट बाहिर आउछ । यस प्रकारको क्षेत्र विकास, यस प्रकारको सद्भाव विकास पनि देशको अर्थतन्त्र सबलीकरण गराउन मद्दत गर्ने विषय हो । नयाँ युवा पुस्ताहरूको दसैंप्रतिको मोहमा ह्रास भएको देख्दा बढो चिन्ता लाग्नुपर्ने हो । दसैं दशा होइन, दसैं दसवटा थप सम्भावनाको ढोका हो । जुनसुकै देशको पहिचान पनि त्यो देशको वेशभूषा, साहित्य, संगीत, सद्भाव र धर्मसँग जोडिएको हुन्छ ।

यसका लागि हामीले गरेको लगानीलाई कसरी त्यसतर्फ राज्य, निजी क्षेत्र र सहयोगीहरूको बीचमा पु¥याउन सक्छौं रु यहाँ थप धर्मको नाममा वैदेशिक निकायबाट आएका धनलाई हेर्ने हो भने गुम्बाहरूको नाममा आएको धनको लेखाजोखा नै छैन । यहाँ मठमन्दिर, पाटीपौवा, धर्मशाला बनाउने पैसा भने आउन सकेको छैन, विभिन्न नीति तथा बाधाका कारण ।

हामीलाई विभिन्न तहका दुई देशका जनतालाई हाम्रो देशलाई गन्तव्य बनाएर आउन अनुकूल बनाउनु छ । यहाँ यस प्रकारको सोचमा अर्थनीति मौन छ । सिद्धान्तविहीन अर्थनीतिलाई कुनै दर्शनले डो¥याउन सकेको देखिन्न । दसैंको पर्व सद्भावको पर्व हो । यसलाई अझ परिष्कृत गरौँ । यसमा पनि अर्थतन्त्रको सबलीकरण लुकेको छ समुन्नत देश बनाउन । 

copied for www.karobardaily.com/


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

एनआईसी एशिया बैंक टूसालबाट ग्राहकहरु होसियार, यसरि फसे बौद्धका पासाङ !

1602579260nic-asia.png काठमाडौं । कर्तुतमाथि कर्तुत चाङमा चलेको एनआईसी एशिया बैंकले गरिव र मजदुर समेतलाई ठगी गर्न नछोडेको खुलेको छ...