2076 चैत्र 19 बुधबार

नेकपाले सत्ता सम्हालेको दुई वर्ष वित्यो, रेलको प्रगति कुछुवा गतिमा

  |      00:00:00   |  

प्रयोजक :

15806254601210x100-NIC-super.gif
Corporate-benefit_1280x150Pixles.gif
नेकपाले सत्ता सम्हालेको दुई वर्ष वित्यो, रेलको प्रगति कुछुवा गतिमा

काठमाडौं माघ, ११– विसं २०७४ को आम निर्वाचनमा तत्कालिन एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले लगाएको नारा थियो, रेल । चुनाव जिताएर पार्टीलाई सत्ता हाँक्न दिए देशलाई छिमेकी भारत र चीनसँग रेलमार्गले जोड्ने प्रतिबद्धता उनीहरुले जनतामाझ गरेका थिए । केरुङ–काठमाडौं र पूर्व पश्चिम रेलमार्ग अझ धेरै प्राथमिकतामा थिए । त्यसपछि स्थानीय तहको निर्वाचमा काठमाडौंमा मोनोरेल र मेट्रोरेल गुडाउने नारा पनि तत्कालिन एमाले सारेको थियो । निर्वाचनपछि नेकपाले सत्ता सम्हालेको दुई वर्ष बित्न लाग्दा पनि रेलको प्रगति भने कुछुवाको गतिमा छ भनेर नयाँ पत्रिकामा समाचार छ ।  


०७२ को नाकाबन्दीपछि भारतसँगको एकपक्षीय निर्भरता तोड्न नेपालले नेपाल–चीन सीमापार बहुआयामिक अन्तरआबद्धता सञ्जालअन्तर्गत केरुङ–काठमाडौं रेलमार्गको योजना अगाडि बढाएको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ । अहिले पनि त्यो रेलमार्ग नै नेपालको पहिलो प्राथमिकतामा छ । चिनीयाँ पक्षले आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरेर नेपाललाई बुझाईसकेको छ । विस्तृत सम्भाव्यता अध्ययन(डीपीएस) गर्ने निर्णयसहितको कामको बाँडफाँडको निर्णय पनि भइसकेको छ । चिनियाँले डीपीएसलाई विस्तृत आयोजना प्रतिवेदन(डीपीआर)को मान्यता दिन्छन् । २५–२५ आसोजमा चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन गर्ने सहमति भएअनुरुप दुई देशबीच कामको बाँडफाँड भएको हो ।  


दुई पक्षीय सहमतिअनुसार सबै प्राविधिक कामको अध्ययन चीनले गर्ने र लागत पनि उसैले व्यहोर्ने उल्लेख छ । डीपीएस प्रतिवेदन तयार गर्न ३ अर्ब रुपैयाँ लाग्नेछ । नेपालले स्थानीयसँग सम्बन्धित मुआब्जा, वस्ती व्यवस्थापन लगायत जिम्मेवारी व्यहोर्नुपर्नेछ । आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण९आईईई० र वातारणीय प्रभाव मूल्यांकन(ईआईए) पनि नेपालले नै गर्नुपर्नेछ । त्यस्तै अध्ययन क्षेत्रमा सुरक्षा उपलब्ध, आवास व्यवस्थापन र फिल्ड संरचना निर्माणलगायत दायित्व नेपालकै हुनेछ । डिपिएस दुई वर्षभित्र सक्ने लक्ष्य छ । तर, तत्काल काम सुरु गर्दा पनि रेलमार्ग तयार हुन काम्तिमा आठ वर्ष लाग्ने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए । 


यता रक्सौल–काठमाडौंको प्रारम्भिक इन्जिनियरिङ सकियो, डीपीआरको तयारी छैन । काठमाडौंको मेट्रोरेल प्रारम्भिक रुटको अध्ययन हुँदै छ । नाकढुंगा–धुलिखेल रेलमार्गको परामर्शदाता नै छनोट भएको छैन । काठमाडौं–कुरिनटार र कुरिनटार–लुम्बिनी रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन सकियो, विस्तृत सम्भाव्यताको सुरसार छैन । त्यस्तै पूर्व पश्चिम विद्युतीय रेलमार्ग ७ खण्डमध्ये ६ खण्डको डीपीआर तयार भएको छ । नेपाल भारत जोड्ने पाँच रेलमार्ग अधुरै रहेका छन् । तर, चैतभित्र कुर्था–जनकपुर–जयनगर रेल सञ्चालन हुने रेल विभागले जनाएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...