2077 असार 26 शुक्रबार

नवलपरासी सुस्ता पश्चिममा प्रदर्शन र विराटनगर दलित बस्तीमा खाद्यान्न सहयोग

  |      17:22:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
नवलपरासी सुस्ता पश्चिममा प्रदर्शन र विराटनगर दलित बस्तीमा खाद्यान्न सहयोग

काठमाडौ, जेठ १७ । रुकुम पश्चिम चौरजहारीमा पाँच जनाको मृत्यु र एक जना वेपत्ता भएको घटनाको सत्य तथ्य छानविन गर्नका लागि संसदिय समिति गठन गर्न, दोषीमाथि कानुनसम्मत कारबाही गर्न माग गर्दै मानव अधिकार तथा शान्ति समाज नवलवरासी सुस्ता पश्चिमले जेठ १७ गते बिहान बर्दघाट चोकमा विरोध प्रदर्शन सहितको कार्यक्रम गरेको छ ।

कार्यक्रमका प्रमुख वक्ता मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोविन्द खनालले घटनाको सत्य तथ्य अन्वेषण गर्न शिघ्र संसदीय समिति गठनमा जोड दिँदै दोषीलाई कारवाही र पिडितलाई न्याय नहुदा सम्म आन्दोलन जारी रहने बताए । 

संविधान सभा सदस्य बिक्रम खनालले सरकारले अहिले गठन गरेको समितिबाट आम जनताले सामाजिक न्याय पाउने अपेक्षा गर्न नसक्ने बताउदै यो घटनामा सरकार गम्भिर नभएको बताए । 

नेपाल पत्रकार सहासंघ नवलपरासीका कोषाध्यक्ष रविलाल पाण्डेय, दलित संघका राजेन्द्र सुनार लगायतका वक्ताहरुले घटनाको छानविन गरी दोषीलाई कारवाही हुनुपर्ने बताए । मानव अधिकार तथा शान्ति समाज नवलपरासी सुस्ता पश्चिम शाखाका सभापति सन्तोष अधिकारी, अधिकारकर्मीहरु प्रकाश न्यौपाने र गणेश न्यौपानेले समेत मन्तव्य व्यक्त गरे ।

मानव अधिकार तथा शान्ति समाज नवलपरासी  सुस्ता पश्चिम शाखाको आयोजनामा भएको कार्यक्रममा, राजनीतिक दलका प्रतिनिधि, नागरीक समाजका प्रतिनिधि, मगर संघ, दलित संघ, सुनचादि व्यवसायी संघ, उद्योग वाणिज्य संघ, पत्रकारलगायतको सहभागिता रहेको थियो । 

प्रदर्शनका सहभागी सबैलै जातिय भेदभावको अन्त्य गरौं, रुकुमको घटनामा संसदिय समिति गठन गर, दोषिलाई कारवाही गर, छुवाछुतको अन्त्य गर लेखिएका प्ले कार्ड बोकेका थिए ।

यसैगरी जेठ १७ गते बिहान रुपन्देहीस्थित देवदह नगरपालिका खैरेनीमा रुकुम घटनाको विरोधमा विभिन्न संस्थाहरुद्वारा आयोजित कार्यक्रममा शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनालले मन्तव्य व्यक्त गरे । 

विराटनगरको दलित बस्तीमा खाद्यान्न सहयोग
मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाले विराटनगर १२ गणेशचोकस्थित २० वटा विपन्न दलित परिवारलाई चामल, दाल, तेलसहित रु. २० हजारको खाद्यान्न सहयोग उपलब्ध गराएको छ । 

शान्ति समाजका सदस्यहरु डिकप्रसाद घिमिरे, विकास थापा, डिल्लीबहादुर कार्की, निर्मला सुवेदी, भेषराज पोखरेल लगायतले जेठ १७ गते विहान उपरोक्त खाद्य सामग्रीहरु हस्तान्तरण गरेका थिए ।  




Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...