2076 कार्तिक 02 शनिबार

नबिल बैंकमा गैरकानुुनी धन्दा
–१२ करोड ५० लाख कर्जा प्रवाह भएको भन्दै राष्ट्र बैंकले गर्यो कारबाही –सिइओ सशीन जोशीको ध्यान बैंक भन्दा पनि सुरा सुन्दरीमा

  |      15:31:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
नबिल बैंकमा गैरकानुुनी धन्दा




काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही गरेको छ । नबिल बैंकले यसअघि जनता बैंकका समेत सञ्चालक रहेका गुुरुप्रसाद न्यौपानेलाई सेयर धितो लिएर १२ करोड ५० लाख रुपैयाँ कर्जा दिएको थियो । तर उक्त कर्जा गैरकानुुनीरुपमा प्रवाह भएको भन्दै राष्ट्र बैंकले नबिल बैंकमाथि छानविन गरी कारबाही प्रकृया अगाडि बढाएको छ । 
पहिलो चरणमा नेपाल राष्ट्र बैंक अन्र्तगतको बाँणिज्य बैक सुपरीवेक्षण बिभागले नबिल बैंकलाई स्पष्टीकरण लिएर कर्जाको बारेमा सोधेको छ । 
उक्त कर्जा आर्थिक बर्ष २०७२—०७३ मा प्रवाह भएको थियो । उक्त  कर्जा दिंँदा नबिल बैकका प्रमुुख कार्यकारीको रुपमा अनिल ज्ञवाली रहेका थिए । जनता बैंकका सञ्चालक न्यौपानेले ज्ञवालीलाई प्रभावमा पारेर आफ्नो स्वामित्वमा रहेको अपी पावर कम्पनीको सेयर धितो राखेर १२ करोड ५० लाख रुपैयाँ कर्जा लिन सफल भएका थिए । 

उक्त कर्जा प्रकरणलाई पटक पटक बैंकको व्यवस्थापन पक्षले गुपचुुपमा राख्ने गरेको थियो । तर बैंकको बाह्य लेखापरीक्षक टिआर एस एण्ड कम्पनीले उक्त कर्जाको बारेमा जानकारी माग गरेपछि उक्त कर्जा प्रकरण बाहिर आएको हो । 
निजी क्षेत्रको सबै भन्दा ठूलो र बढी मुनाफा आर्जन गर्ने बैंकको हवाला दिंदै आएको नबिलमा यसअघि पनि कमर्चारीहरुले चरणवद्ध रुपमा आन्दोलन गर्दै आएका छन् । 

 खराब नेतृत्वको गुण तल्लो तहका कर्मचारीमा पनि सर्दै गएको छ । यसले बैंक नै ध्वस्त हुने चिन्ता पनि बढाएको छ

 

केही समयअघि आन्तरिक बढुवाका बिषयमा कुरा गर्न खोज्दा प्रमुख कार्यकारी अधिकृत शशिन जोशीले भेट नै नदिए पछि  बैंकका कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए  । जोशी आफैमा अरुले ठूलो भनून् नभनून् आफै ठूलो पल्टिने स्वभावका बैंकर हुन् । सुरा सुन्दरी भए तुरुन्तै भेट्ने नियत भएका उनी हरेक पटक अखबारहरुमा सुन्दरीका लाउके भनेर  समाचार नआएको होइन । बैंक र व्यवस्थापन –कर्मचारीबीच भएको तित्ततालाई सामूहिक छलफलकोबीच नटुंग्याई अफिस समय नसकिँदै गाडी ढोकैमा लिएर आउनु भन्दै चालकलाई फोन गरी फूत्त हिँडने नियत देखाइरहेका छन् । यसले नबिल बैंकको शाखमा समेत नराम्रो हामी पुर्याइरहेको छ । 

अर्कोतर्फ धितो मूल्यांकनकर्ता ‘श्रेष्ठ कन्सल्ट्यान्ट’का इन्जिनियर विशालसिंह अमात्यलाई  बैकले गलतरुपमा कारबाहीको सिफारिस गरेको भन्दै धितो मुल्यांकनकर्ताहरुले पनि बैंकबिरुद्ध केही समय अघि आन्दोलन चर्काएका थिए ।

जोशी आफू जस्ता छन् उनका केही हनुमान पनि त्यस्तै छन् उनी जस्तै । नबिल बैंकका माथिल्लो तहका कर्मचारीहरुको स्वभाव कहिलेकाही तल्लो तहका कर्मचारीमा पनि देखिन्छ । नबिल बैंकका कर्मचारीहरुको ग्राहकलाई गर्ने व्यवहार मालिकले नोकरलाई जस्तो हुने गरेको केही पीडितले बताए । नबिल स्रोत भन्छ, ‘यो सबै सिइओका कारण भएको हो । खराब नेतृत्वको गुण तल्लो तहका कर्मचारीमा पनि सर्दै गएको छ । यसले बैंक नै ध्वस्त हुने चिन्ता पनि बढाएको छ ।’
 बैंकका करिब चार सय कर्मचारीको हस्ताक्षरसहितको स्वीकृति लिएर  पाँच जना अनशनमा बसेका  थिए । कर्मचारी नियामवलीको पूर्ण कार्यान्वयन र संस्थागत सुशासन पालना नगरेको आरोप कर्मचारीले बैंक व्यवस्थापनविरुद्ध लगाएका छन् । बैंकले अन्तरिक कर्मचारीको वढुवाका लागि परीक्षा लिए पनि बर्ष दिन पुग्दासम्म नतिजा सार्वजनिक नगरेको आरोप उनीहरुको छ । अहिलेसम्म पनि बैंकले आन्तरिक बढुुवाको प्रक्रिया अगाडि बढाएको छैन । 
अर्कोतर्फ धितो मूल्यांकनकर्ता ‘श्रेष्ठ कन्सल्ट्यान्ट’का इन्जिनियर विशालसिंह अमात्यलाई  बैकले गलतरुपमा कारबाहीको सिफारिस गरेको भन्दै धितो मुल्यांकनकर्ताहरुले पनि बैंकबिरुद्ध केही समय अघि आन्दोलन चर्काएका थिए । तर अहिलेसम्म पनि ‘भ्यालुुएटर’ र बैंक व्यवस्थापनको कुरा मिलेको छैन । अमृतबजार मा खबर छ 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...