2077 जेष्ठ 17 शनिबार

दुई महिनामै १ सय २९ अंकले खस्कियो नेप्से , खतिवडाको बोलिले पनि सुध्रेन बजार

  |      00:00:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
दुई महिनामै  १ सय २९ अंकले खस्कियो नेप्से , खतिवडाको बोलिले पनि सुध्रेन बजार

काठमाडौं असोज, १०– केहिदिन अघि अर्थमन्त्री युवराज खतिवडाले कर्मचारी सञ्चय कोषको कार्यक्रममा बोल्दै अहिलेको समय सेयबजारमा लगानी गर्न उचित रहेको बताए । त्यसपछि २ दिन लगाएर ४८ अंक बढेको  सेयरबजार त्यसपछिका ५ दिनसम्म बजार निरन्तर ओरालो लागेको छ ।

२०७२ साउनमा १८ सय ८१ अंकमा पुगेको नेप्से परिसुचक त्यसयता निरन्तर ओरालो लागेको छ । बुधबार  ३दशमलव शुन्य तीन अकंले घटेर ११ सय ३१ अंकमा आइपुगेको छ । यो आर्थिक वर्षको २ महिनामा मात्रै बजार १ सय २९ अंकले घटेको छ ।

सरकारले सेयर धितोमा प्रवाह हुने कर्जाको सिमा ५० प्रतिशत बाट ६५ प्रतिशत कायम गर्नेदेखि बैंकले आफ्नो प्राथमिक पुँजीको ४० प्रतिशतसम्म सेयर लगानी गर्न पाउने व्यवस्था गरेको छ । तर पनि यो वर्षको  दुई महिनामा मात्रै नेप्से १ सय २९ अंकले घटेको छ ।

सेयरबजारलाई अर्थतन्त्रको ऐना मानिन्छ । विदेशी लगानीकर्ताले सेयरबजार हेरेर नै लगानी गर्ने वा नगर्ने भनेर निर्णय लिन्छन् । तर  बजारमा लगानीयोग्य रकमको अभाव, चर्काे ब्याज र उल्लेखनिय मात्रामा रेमिट्यान्स बढ्न नसक्दा सेयर बजार घटेको घट्यै छ ।

सरकारले अहिले १० लाख भन्दा माथिको सेयरकारोबार गर्नेले पान नम्बर लिनुपर्ने व्यवस्था  गरेको छ ।

बैंक तथा बिमा कम्पनीहरुले पुँजी बृद्धि गरेपछि बजारमा सेयरको उपलब्धता बढ्यो तर सोहि अनुसार लगानीकर्ता बढ्न सकेन् ।  सरकारले नीतिगत व्यवस्था गर्ने तर कार्यान्वयन नगर्ने गरेका कारण पनि अहिले सेयरबजार नबढेको लगानीकर्ता बताउँछन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...