2077 जेष्ठ 14 बुधबार

दार्चुला जिल्लाको घाँटीबगर ईलाकामा नेपाली सेना तैनाथी

  |      11:04:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
दार्चुला जिल्लाको घाँटीबगर ईलाकामा नेपाली सेना तैनाथी

काठमाडौ, जेठ ९ । दार्चुला जिल्लाको घाँटीबगर ईलाकामा नेपाली सेना तैनाथी भएको छ । नेपाल सरकारको मन्त्री परिषदबाट बैशाख १४ गते भएको निर्णय बमोजिम महाकाली करिडोर (दार्चुला टिंकर सड्क योजना) अन्तरगत उत्तरी तर्फ रहेको ८७ कि.मि. सडक खण्ड नेपाली सेना मार्फत निर्माण गराउने निर्णय भएको छ । 

सो सडक खण्ड अन्तरगत पर्ने दार्चुला जिल्लाको व्यास गाँउपालिका वडा नं. २ स्थित घाँटीबगर इलाकामा करिव २ मिटर चौडाईको ४५० मिटर गोरेटोरघोडेटो बाटो निर्माण कार्यको लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीको निमित्त आज जेठ आठ गते बिहिबार ११ बजे घाँटीबगर इलाका नजिकको थी भन्ने स्थानमा नेपाली सेनाको एक सेक्सन प्लस फौज तैनाथ भएको हो । 

साथै बाटो निर्माण कार्यको लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त आवश्यक नफ्रिको फौज, उपकरण एवं अन्य सामाग्रीहरु सहितको टोली मिति २०७७।०२।०९ गते तैनाथ गर्ने योजना रहेको छ ।

चीन र भारतको सिमा नाका समेत पर्ने दार्चुला जिल्लाको व्यास गा.पा.(१ मा पर्ने छाङरु र टिंकर गाउँका करिब १८२ घर परिवारको करिब १२०० जना स्थानीयलाई जिल्ला सदरमुकाम खलङ्गा आवतजावत गर्नको लागि व्यास गा.पा.(२ मा पर्ने मौरी भिरमा ठुलो चट्टान र घाँटीबगर भन्ने स्थानमा पहिरो समेत गएकोले आवतजावत गर्न समस्या भएको तथा स्थानीय बासिन्दाले हालसम्म भारत तर्फ रहेको बाटो प्रयोग गर्दै आएको छ । 

तसर्थ घाँटीबगर र मौरी भिर ईलाकामा पर्ने ४५० मिटर सडक खण्ड अविलम्ब सुचारु गर्न दार्चुला जिल्ला सुरक्षा समितिबाट निर्णय भए बमोजिम सडक खण्ड निर्माणको लागी नेपाली सेनाको प्रावधिक जनशक्ति सहित से.मु. प्लस नफ्रिको फौज घाँटीबगर ईलाकाको थी ईलाकामा तैनाथ गर्ने योजना मुताविक आज सो फौज तैनाथ भएको हो । 

सडक खण्ड सुचारु भए पश्चात स्थानीय बासिन्दाहरु नेपालकै भूमी प्रयोग गरी आवत जावत गर्न सक्नेछन् ।


नेपाल सरकारबाट प्राप्त कुनै पनि जिम्मेवारीहरुलाई पूर्ण प्रतिवद्धताका साथ सम्पन्न गर्दै आएको नेपाली सेनाले संविधानको मर्म र भावना अनुरुप नेपालको बिकास निर्माणको क्षेत्रमा प्राप्त यस जिम्मेवारीलाई समेत उपलव्ध श्रोत साधन, जनशक्ति र प्राविधिक विज्ञताको पूर्णतया उपयोग गर्दै यथासम्भव छिटो सम्पन्न गर्ने तर्फ आवश्यक कारवाही तत्काल अगाडी बढाउने सेनाले जानकारी दिएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...