2076 माघ 08 बुधबार

जातीय भेदवाव र समाज विकास

  |      11:47:00   |  

प्रयोजक :

15783912831120x100-2.gif
Corporate-benefit_1280x150Pixles.gif
जातीय भेदवाव र समाज विकास
 
काठमाडौं–
प्रत्येक नेपालीको अधिकार र मानवीय मर्यादामा समान हुने सिद्धान्तलाई नेपाली समाजले अझै पनि पूर्ण रुपमा पालना गरेको पाइदैन । प्रत्येक व्यक्तिमा समानता, स्वतन्त्रता र सम्मानपूर्वक बाच्न पाउने अधिकारको संरक्षण गर्नु सरकारको दायित्व हो । कुनै पनि स्थानमा गरिने छुवाछूत, वहिस्कार, प्रतिबन्ध, निष्कासन, अवहेलना तथा मानवता विरोधी भेदभाव जन्य कार्यलाई कानुनले दण्डनीय माने पनि नेपाली समाज अझै पूर्ण रुपमा भेदभाव मुक्त हुन सकेको छैन । व्यक्तिलाई धर्म, संस्कृति, परम्परा– रीतिरिवाज वा अन्य कुनै नाममा जात, जाति, वंश, समुदाय वा पेशाका आधारमा छुवाछूत तथा भेदभाव गर्न नपाइने कुरा नेपालको संविधानमा उल्लेख गरिएको छ ।
नेपाली समाजमा भएका राजनैतिक परिवर्तनले जातीय छुवाछूतमा केहीहद सम्म परिवर्तन आएको कुरालाई नकार्न सकिन्न । विगतको समाज र वर्तमानको नेपाली समाजमा आकास जमिनको फरक छ । मानिसले प्राप्त गरेको शिक्षाले उसको चेतना स्तरमा भएको सकारात्मक परिवर्तन नै जातीय छुवाछूत अन्त्यको मुल अश्त्र बन्न सक्छ । बर्तमान समय विश्व भुगोलीकरणको समय हो । आधुनिकीकरण उन्मुख हाम्रो युवा जमातले जातीय भेदभाव स्वीकार गर्दैन । आज हरेक मानिस परिवर्तनको पक्षधर छ यसर्थ पनि उसले अंगीकार गर्ने परिवर्तनमा जातीय भेदभाव स्वतं कम हँुदै जान्छ । जसले समाजलाई विकासको गतिमा अघि बढाउँछ ।
नेपाली समाजको विकासक्रमलाई हेर्दा राज्य र समाजलाई व्यवस्थित रुपमा संचालन गर्ने मानव तथा मानव कल्याणका लागि विभिन्न प्रथा, परम्परा एवं संस्कारहरुबाट समाज र राज्य अगाडि बढेको पाइन्छ । विगतमा चलेका प्रथा, प्रचलन, परम्परालाई संश्लेषण गर्दै तिनै पुराना मूल्यमान्यतालाई लिखित गरी कानूनी मान्यता प्रदान गरेको कारण हाल सम्म यसले समाजमा जरा गाढेको हुन सक्दछ । हिजो नेपाली समाजमा जे जस्ता विभेद र भेदभाव थिए, ती सबैलाई त्यस पछि बनेको ऐनले लिखित रुपमा कानूनी मान्यता प्रदान गरेको कारण आज सम्म विभेदको पालन पोषण हुन पुगेको अनुमान गरिन्छ । जसका कारण समाज माझ नै विभेद, छुवाछुत तथा जात जाति, वंश, समुदाय र पेशाका आधारमा समाजमा रहेको भेदभाव र उत्पीडनले वैधानिकता पायो भन्ने समाजशास्त्रियहरुले भन्ने गरेका छन् ।
नेपाली समाजमा अन्तरजातीय विवाहले अझै पनि सहज मान्यता पाएको छैन । त्यसैले हाम्रो समाजमा प्रेम मार्फत अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापित हुन प्रेम जोडीले ठुलै संघर्ष गर्नु परेको छ । अन्तर जातीय विवाहले पुर्ण रुपमा मान्यता नपाउँदा कोहि गाउँ छोडेर पलायन हुने, पलायन हुन नसक्नेहरु आत्महत्या गर्ने सम्मका घटना समाजमा घट्ने गरेका छन् । केही जोडिले एकमुष्ट झुन्डिएर आत्मदाह गरेको घटनालाई प्रतिनिधि घटनाको रुपमा लिन सकिन्छ । यस्ता प्रकारका घटनाहरु हाम्रो समाजमा प्रशस्तै देख्न र सुन्न पाइन्छ । जसले समाजमा वेचैन सृजना गर्दछ । 
सरकारी स्तरबाट बर्सेनी जातीय भेदभाव विरुद्धको अभियानमा लाखौं खर्च हुने गर्छ । नेपालमा जातीय हिंसा तथा जातीय भेदभाव विरुद्ध चेतना फैलाउन विभिन्न प्रकारका सामाजिक संघ संस्थाको स्थापना भएका छन् । राज्यले जात–जाति, भाषा–धर्म, लिंग र बर्णको आधारमा कोहि नेपाली पनि भेदभावको सिकार हुनुहुन्न । यदि त्यसो भएको खण्डमा कानुनले दण्डित गर्नेछ भनी कानुन बनाएको छ । तर पनि समाजमा बिभेदका घटना हुन छोडेका छैनन् । परापुर्बक काल देखि कथित सानो जात र ठुलो जात भनी समाजलाई बिभाजन गरिएको छ । यसरी सामाजिक रुपमा मानिसलाई जात जातिभाषा बर्णको आधारमा भेदभाव गर्नु भनेको कानुनको उपहास र मानिस बिरुद्ध मानिसले नै अन्याय गर्नु हो । हाम्रो कुनै पनि धर्मले बर्ण र रंगको आधारमा जातजातिको बिभाजन भएको स्वीकार गर्दैन । धार्मिक ग्रन्थ अनुसार मानिसको काम अथवा ब्यवसायका अनुसार जाति बिभाजन गरिएको स्वीकार गर्दछ । धार्मिक गुरुहरु जातको आधारमा मानिसलाई विभेद गरिनु हुन्न भन्दछन् । धर्मले मानिसले गरेको कर्म अनुसार उसको जातिनिर्माण भएको ठान्दछ । सामाजिक व्यवहारलाई सहज तथा अनुकुल बनाउन पहिलेको समाजले मानिसले गर्ने व्यवसायको आधारमा मानिसलाई जातिय विभाजन गरेको हो । नकि यसको उद्धेश्य जातिय छुवाछुत निर्माण गर्न हो । तर हाम्रो पुरातन समाजले त्यसलाई आफु खुशी ब्याख्या गर्यो र समाजको प्रतिष्ठित मानिएका मानिसहरुले आफु अनुकूलको व्याख्यागर्दै सानोजात–ठुलो जात भनी वर्गीकरण गरे । त्यसको अवशेषको रुपमा अझै पनि जातीय छुवाछूत हाम्रो समाजमा रहेको पाइन्छ । जुन शिक्षित समाजमा भन्दा अशिक्षित समाजमा बढि पाइन्छ ।
हाम्रो समाजका युवाहरुले अंगिकार गर्ने प्रेम सम्बन्ध आफैमा बलवान हुनु पर्ने हो । प्रेमको अघोषित सिद्धान्त नै दुई ब्यक्तिको सामिप्यता अथवा मिलन अरु कसैको साथ नभए पनि खुशी सँग जीउन सक्ने हुनु हो । प्रेम केवल प्राप्ति मात्र पनि होइन । प्रेम बिछोड भित्रको निकट्ता पनि हुन सक्नु पर्दछ । प्रेमले दुई बीचको मिलन मात्र होइन बिछोड भित्रको प्यार बोकेको हुन पनि सक्नु पर्दछ । प्रेमभित्र आत्मदाहको कायरता होइन बहादुरीको जीवन जिउन सक्नु पर्दछ । अन्तर जातीय प्रेमिहरुले समाजका चुनौतीहरुलाई सामना गर्दै समाज रुपान्तरणको उदेश्यमा अघि बढ्न सक्नु पर्दछ । आत्महत्या कुनै जीत होइन त्यो त सबैभन्दा ठूलो पराजय हो । आत्महत्यालई जीवनसँग हार खाएर भागेको मानिन्छ  । आत्महत्याले सामाजिक रूपमा ब्यक्ति हारेको ठाँनिने छ । आत्मदाहले केवल आफुले अनिभुत गर्न नसक्ने दया मात्र प्राप्त गर्दछ । आफुले अनुभव गर्न नपाउने दयाको के नै अर्थ रहन्छ र । साँचो प्रेमले हार स्वीकार गर्दैन । परिस्थिति सहज हुँदा मात्र प्रेम सफल हुनु भनेको प्रेमले पुर्णता पाएको होइन । प्रतिकुल अवस्थालाई पनि स्वीकार गर्न सक्नु पर्छ ।
सामाजिक रुपान्तरण कुनै पनि हारको मानसिकताले प्राप्तगर्न सकिन्न । एकदुई गर्दै सयौ अनि हजारौंलाई परिवर्तन गराउन सकिन्छ । राज्यले पनि समाजमा भएका बिकृती बिसंगतिलाई परिवर्तन गराउन चेतनामुलक कार्यक्रम ल्याउन सक्नु पर्दछ । अन्यथा समाजमा यस्ता प्रकारका विसंगति दोहोरिरहन्छन् । समाजमा गलत प्रकारको परम्पराको नाँउमा रहेको विकृतिलाई उन्मुलन गर्न सक्नु पर्दछ । समाजले मान्दै आएको धर्मगुरुहरुको माध्यम द्धारा जातिय भेदभाव विरुद्धको चेतना फैलाउन प्राथमिकता दिनाले छिटोछरितो र प्रभावकारी उपलव्धी हासिल हुन सक्छ । मानिस जतिजति शिक्षित हुन्छ उतिउति यस्ता कुरिती अन्धविश्वास हराउँदै जान्छन् । यसर्थ राज्यले सचेतनाका कार्यक्रमहरु ग्रामीण समाजमा पुर्याउनु पहिलो प्राथमिकता हो । जसले समाज रुपमान्तरणको ढोका खुल्न सक्छ ।
मुरारी ढुङ्गेल

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...