2076 आश्विन 07 मंगलवार

चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

  |      20:45:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

ललितपुर साउन, ३२–
उपत्यकाका विभिन्न स्थानमा सुन चाँदीका गरगहना, नगद, मोबाइल, ल्यापटप लगायतका सामान चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई काठमाडौं र ललिपुरको विभिन्न स्थानबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १४ बल्खुस्थित सुकुम्बासी टोल बस्ने डोटी जोराईन गाउँपालिका ४ घर भएका ४४ वर्षीय धन बहादुर थापा, काठमाडौं कीर्तिपुर नगरपालिका ७ भाजाङ्गल बस्ने डोटी जोराईन गाउँपालिका ४ घर भएका २१ वर्षीय राम बहादुर थापा, काठमाडौं महानगरपालिका १४ कलंकी खसिबजार बस्ने मकवानपुर घर भएका १९ वर्षीय जिवन तामाङ स्याङतान र काठमाडौं कीर्तिपुर नगरपालिका ९ बस्ने झापा दमक नगरपालिका(९ घर भएका ३२ वर्षीय रबिन्द्र अधिकारी रहेका छन् । 
बिगत केही महिनादेखि ललितपुर लगायत काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा सुन चाँदीका गरगहना, नगद,  मोबाइल, ल्यापटप लगायतका सामानहरू चोरी गर्ने कार्यमा संलग्न रहेका व्यक्तिहरूको खोजी गर्ने क्रममा महानगरीय प्रहरी परिसर ललितपुर तथा अपराध शाखा ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट बिभिन्न किसिमका सुनका गरगहनाहरु करिब १६ तोला, चाँदीका गरगहनाहरु तथा सरसामन गरी ५० तोला, ल्यापटप, बिभिन्न देशका मुद्राहरु र चोरी गर्दा प्रयोग गरिने फलामको हम्मर, रड, पेन्चिस, पिलास, रेन्चि र नक समेत प्रहरीले बरामद गरेको हो ।
पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला अदालत ललितपुरबाट चोरी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...