2076 कार्तिक 29 शुक्रबार

कुलमानको चमत्कार ! आठ अर्ब घाटा खेपेको प्राधिकरण तीन वर्षमै ७ अर्ब नाफामा

  |      00:00:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
कुलमानको चमत्कार ! आठ अर्ब घाटा खेपेको प्राधिकरण तीन वर्षमै ७ अर्ब नाफामा

काठमाडौं साउन, २–  केहि वर्ष अघि सम्म देशमा रातमा अन्धकार मात्रै  थियो । तर ,अहिले बिजुलीका पोल पुगेका ठाउमा झलमल छ जहाँ पुगेका छैनन् त्यहाँ पोल गाड्नका लागि योजना बनाईदै छ ।

आइतबार प्राधिकरणले ३४ औ वार्षिकोत्सब मनाउँदै छिट्टै मनाङ मुस्ताङ मुगु र डोल्पामा समेत राष्ट्रिय प्रसारणलाइन पु¥याउने बतायो ।  

चार वर्ष अघिसम्म देशमा नियमित विद्युत आपूर्ति हुन्थेन । लोडसेडिङका कारण उपभोक्ता टुकी र मैनबत्ती बाल्न बाध्य मात्र थिएनन्, त्यसले दिने हैरानी सोचिनसक्नु हुन्थ्यो । विद्युत प्राधिकरणको वित्तीय स्वास्थ्य झनै नाजुक थियो ।

नेपाल विद्युत प्राधिकरणले यो वर्ष ७ अर्ब २० करोड नाफा कमाएको छ । यो नाफा अहिलेसम्मकै उच्च हो । गत वर्ष २ अर्ब ८९ करोड नाफा कमाएको प्राधिकरणले यो वर्ष नियमित विद्युत आपूर्तिका साथै चुहावट नियन्त्रण गरेर आफ्नो नाफामा १ सय ४८ प्रतिशतले वृद्धि गरेको छ ।

प्राधिकरणले एक वर्षकै घाटा ८ अर्ब ८९ करोड पुगेको थियो । तर २०७३ सालदेखि भने प्राधिकरणले घरायसी प्रयोजनमा लोडसेडिङ नहुने व्यवस्था गर्याे । त्यसयताविस्तारै हट्दै गएको लोडसेडिङले प्राधिकरणको नाफा पनि बढ्दै गएको छ । तीन वर्ष अघि डेढ अर्ब नाफा कमाएको प्राधिकरणले यो वर्ष ७ अर्ब २० करोड नाफा कमाएको छ । सञ्चित घाटा पनि ३४ अर्बबाट १५ अर्बमा झारेको छ । 

नियमित विद्युत आपूर्तिसँगै चुहावटनियन्त्रण गरेका कारण प्राधिकरणको नाफा बढेको हो । गत वर्षसम्म २० प्रतिशतभन्दा बढी चुहावट हुने गरेकोमा यो वर्ष १५ दशमलव ३२ प्रतिशत छ ।

देशमा निर्माणाधीन आयोजनासमयमै नबन्दा भने भारतबाट आयात गर्ने बिजुलीको मात्रा प्रत्येक वर्ष बढ्दो छ । गत वर्ष मात्रै भारतबाट आउने बिजुली ८ दशअलव ९६ प्रतिशतले बढेको छ । करिब १३ सय मेगावाट बिजुली आपूर्ति भइरहेकामा ३७ प्रतिशतमा भारतकै भर छ । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी  सञ्चालनमा आएसँगै वर्षातको समयमा देश बिजुलीमा आत्मनिर्भर हुने प्राधिकरणको आकलन छ ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक  कुलनमान घिसिङले भने ‘ अब तामाकोसी आएसँगै देशमा विद्युतको खपत बढाउनु पर्छ त्यसैले, विद्युतबाट चल्ने सवारी र खाना पकाउनका लाग पनि यसको प्रयोग गर्नु जरुरी छ । ’

घिसिङ कार्यकारी निर्देशक बनेसँगै उनले   ्देशलाई लोडसेडिङ मुक्त बनाएका थिए । र , घाटामा गएको प्राधिकरणलाई बिस्तारै नाफामा लगेका थिए । र , नाफा बढाउने क्रम निरन्तर छ ।  


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...