2077 असार 26 शुक्रबार

कालापानी क्षेत्रबाट भारतको बहिर्गमन निश्चित भयोः सूर्य थापा

  |      00:00:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
कालापानी क्षेत्रबाट भारतको बहिर्गमन निश्चित भयोः सूर्य थापा


काठमाडौ, जेठ ८ । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले लिम्पियधुरा,कापानी र लिपुलेकमाथिको भारतीय अधिपत्य समाप्त भएको बताएका छन् । सो क्षेत्रमा भारतको बर्षौदेखिको हैकम एक हदसम्म अन्त्य भएको भन्दै सैनिक टुकुडी हटाउनको विकल्प नभएको बताए । 

बुधबार राजधानीको संवाद डबलीले ‘नयाँ नक्सा र भारतीय हस्तक्षेप’ अन्तरसंवाद कार्यक्रममा बोल्दै थापाले सन् १९६२ मा कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको भारतीय सैन्य टुकडी, बंकरसहितको अतिक्रमण अन्त्य भएको र अब कुनैपनि हालतमा भारतको बहिर्गमन निस्चित भएको बताए । 

त्यसैगरी गतबर्ष कार्तिक महिनामा त्यस क्षेत्रलार्ई भारतमा गाभ्दै एकतर्फीरुपमा नक्सा सार्बजनिक गर्ने कदमविरुद्ध नेपाल सरकार परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल कदमी लिँदै आएको बताउँदै थापाले भने, “नेपाल सरकारले बारम्बार भारत सरकार समक्ष कुरा गर्दागर्दै पनि झन् अहिले रोड खनेको र सार्बजनिक गर्ने कार्यले नेपाली जनातामा अझबढी राष्ट्रियताको भाव पैदा गराएको छ, आशा छ भारतजस्तो ठूलो देशले १९६२ तिरको चेतना नराखी हाम्रो भूमि छाड्ने छ ।”


भरतले मिचेको नेपाली भूमि अन्तर्राष्ट्रियस्तरमा तथ्यसहित राख्ने सरकारको कदमले ढोका खुलेको बताउँदै सल्लाहकार थापाले अगाडि भने,“यसबाट भारतले के कुरा बुझ्नुपर्छ भने, नेपालले अरुको एक इन्च जमिन पनि मिच्दैन र आफ्नो एक जमिन लिएको पनि सहदैन भन्ने प्रधानमन्त्रीज्यूको मान्यता पुष्टि गरेका छ ।” 


सरकारले नक्सा ल्याउन ढिला गरेको भन्ने प्रश्नको जवाफमा थापाले अरु सामान्य विषयजस्तो छिट्टै भइहाल्ने नभएर आवाश्यक सत्य तथ्य प्रमाण र देशलाई राष्ट्रियताजस्तो विषयमा एक ढिक्का बनाउन प्रधानमन्त्री र सरकारले निकै मेहनत गरेको बताए ।

आर्थिक वर्ष २०७७÷७८को नीति तथा कार्यत्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सुरुमै नक्सा सार्बजनिक हुन्छ भनेको र संसदमा यस विषयमा कुरा उठ्दा प्रधानमन्त्रीले पनि एकदुई दिनमै नक्सा सार्बजनिक हुन्छ भनेअनुरुपनै काम भएको थापाले बताए । 


बुधबार भूमि व्यवस्थापन मन्त्री पद्मा अर्यालको नेतृत्वमो नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सर्बजनिक भएको छ भन्दै थापाले भने, “हामीले हाम्रो भूमी हो भन्ने प्रसस्त प्रमाणसहित उभिएका छौं, यसले समय लिएको हो, अब भारतले कुनैपनि हालतमा त्यहाँबाट आफ्नो अदिपात्य अटाउनु पर्छ ।”

त्यसैगरी कार्यक्रममा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपलले सन् १९५० को नेपाल–भारतबीच भएको शान्ति तथा मैत्री सन्धीबाटै ग्रेटर भारतभित्र रहेको नेपाली भूमी हामीले पाउनु पर्ने आधार भएको बताए । ग्रेटर नेपालको अभियानको केही काम सरकारको नक्सा सार्बजनिक कार्यले सम्पन्न गरेको नेपालले बताए । 


अध्यक्ष नेपालले यदि भारतले अबपनि कालपानी, लिपुलेक र लिम्पियधुराबाट अफ्ना सेना नहटाए घुडा टेक्नुभन्दा अनितम लडाइँ लड्नु बेस हुने धारणा राखे । त्यसैगरी जलस्रोत विशेषज्ञ डा.जगत कुमार भुसालले यसभन्दा अघिका कुनैपनि सरकारहरुले नसकेको कार्य वर्तमान सरकारले गरेकोमा धन्यवाद दिए । यसबाट हाम्रोभूमि फिर्ता हुने ५० प्रतिशत काम सम्पन्न भएके धारणा राखे ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...