2076 कार्तिक 29 शुक्रबार

कमिसनको चक्करमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक

  |      00:00:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
कमिसनको चक्करमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक

काठमाडौं कात्तिक, २– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान दक्षिण एयिसाकै प्रतिष्ठित एवं विशेषज्ञ चिकित्सकहरू भएको नमुना अस्पताल मानिन्छ । तर, यहाँका केही चिकित्सकले कमिसनको लोभमा परेर बिरामीलाई प्रतिबन्धित फुड सप्लिमेन्ट किन्न सिफारिस गरेको खुलेको छ ।


औषधि व्यवस्था विभाग विराटनगरले शुक्रबार प्रतिष्ठान बाहिरका औषधि पसलहरूमा अनुगमन गर्दा डेढ सयभन्दा बढी प्रतिबन्धित फुड सप्लिमेन्ट बिक्री–वितरण हुने गरेको पाइएको छ। ती फुड सप्लिमेन्टहरू विभागले जफत गर्न खोज्दा औषधि बिक्रेताले प्रतिष्ठानका डाक्टरले नै सिफारिस गरेको भन्दै अवरोध पु¥याए । विभागका प्रमुख सञ्जीव शर्मा कट्टेलका अनुसार प्रतिष्ठानका डाक्टरले बिरामीको पुर्जामा प्रतिबन्धित फुड सप्लिमेन्ट किन्न सिफारिस गरेको भेटिएको छ ।

उक्त प्रेस्क्रिप्सन अनुसार सातवटा औषधि र फुड सप्लिमेन्ट सेवन गर्न डाक्टरले सुझाएका छन् । तर, त्यसमध्ये दुईवटा मात्र औषधि र बाँकी पाँचवटा खाद्य पूरक सामग्री ९फुड सप्लिमेन्ट० प्रतिबन्धित हुन् । ‘यहाँ त ठूलो विकृति भएको पायौं, डाक्टरले नै प्रतिबन्धित फुड सप्लिमेन्ट बिरामीलाई किनाउने रहेछन,’ कट्टेलले भने, ‘डाक्टरले किन्न भनेका ती फुड सप्लिमेन्ट विभागमा दर्ता भएका छैनन र गुणस्तर परीक्षण पनि भएको छैन। यो त चरम लापरवाही हो ।’

 औषधि व्यवस्था विभाग विराटनगरका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाहिरका मेडिकल पसलहरूमा एक सय ६० देखि एक सय ८० प्रकारका प्रतिबन्धित फुड सप्लिमेन्ट बिक्री–वितरण भइरहेको पाइएको छ । बिक्रेताका अनुसार ती सबै चिकित्सकको सिफारिसमा पसलमा राखिएका हुन् ।

नेपालमा उत्पादित र विभागमा दर्ता फुड सप्लिमेन्ट मात्र प्रेस्क्राइब गर्न पाइने विभागको भनाइ छ । तर, बिपी प्रतिष्ठानका चिकित्सकले भने नेपालमा प्रतिबन्धित फुड सप्लिमेन्ट किन्न सिफारिस गरेको विभागले अनुगमनको क्रममा पाएको छ। ती फुड सप्लिमेन्टहरू अस्ट्रेलिया, भारत, बंगलादेशलगायत मुलुकबाट आयात गरिएको छ । यो समाचार आजको नागरिक दैनिकमा रोहित राईले लेखेका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...