2076 कार्तिक 02 शनिबार

उपेन्द्र यादवले अब सरकार छाड्नै पर्छः रामरिझन यादव नेता, समाजवादी पार्टी नेपाल

  |      11:45:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
उपेन्द्र यादवले अब सरकार छाड्नै पर्छः रामरिझन यादव नेता, समाजवादी पार्टी नेपाल

काठमाडौं वैशाख, ३०–
नयाँ शक्ति र संघीय समाजवादीबीच एकता भइरहँदा तपाईं लगायत नयाँ शक्तिका केही नेताहरुले बेग्लै भेला गर्नुभयो । नेकपामा प्रवेश गर्ने हल्ला पनि चल्यो । वास्ताविकता के थियो ?
नेकपामा प्रवेश गर्ने कुरा होइन । सामान्य चियापान गरेको हो । वास्तविकता यहि हो कि हामी नेकपामा प्रवेश गर्नका लागि भेला गरेको होइन । यो प्रकरणमा दुई कुरा छन् । जसरी र जुन रुपमा एकता प्रक्रियालाई अगाडि बढाइयो, त्यो स्वभाविक भएन । केन्द्रीय समितिमा छलफल नै नगरी माथिमाथि एकता भयो । जसमा धेरैको सहमति छैन । अरु बोल्न सकेका छैनन् । म बोलिरहेको छु । अर्को कुरा के हो भने, बाबुराम भट्टराईलाई उपेन्द्र यादवले सपथ खुवाएको सुहाउँदीलो भएन । बाबुराम भट्टराई संघीय परिषदको अध्यक्ष भनेर मानिसकेपछि त्यो भन्दा तल्लो वरियताका उपेन्द्रले कसरी सपथ खुवाए ? यो मिलेन । 
पार्टी एकता हुँदैछ भन्ने कुरा के तपाईंले सञ्चारमाध्यमहरुबाट थाहा पाउनुभयो ?
हैन मलाई त जानकारी दिएका थिए । वार्ता समितिको सदस्य म पनि हो । तर म अक्सर वार्ता समितिको वैठकमा अनुपस्थित हुन्थे किनकी म मधेसमा हुन्थे । तर जब म काठमडौं आएको बेला वार्तासमितिको अन्तिम बैठक बस्न लागेको थियो, त्यो बेला नवराजजीसँगै थिएँ म । कम्तिमा अरुबेला जस्तो भए पनि अन्तिम बैठकमा त म आएको मौकामा मलाई नवराजजीले बोलाउनु पर्ने थियो । अहँ, बोलाएनन्  । मलाई केही भनेनन् । उनी वार्ता गर्न जाँदै थिए, मैसँग छुटेर गए तर मलाई जाऊँ भनेनन् । 
बाबुराम भट्टराई आफ्नो बाहेक कसैको मतलव नराख्ने मान्छे हो भन्ने कुरा तपाईंलाई थाहा थिएन र ? 
मलाई मात्रै होइन, तपाईंलाई पनि थाहा छ । यो देशका सबै कम्युनिष्टहरुलाई पनि थाहा छ । कम्युनिष्ट पार्टी छाड्दा पनि एक्लै छाडनु भयो । 
अनि यस्तो प्रकृतिको मान्छेले समाजवाद ल्याउन सक्ला ? 
हैन, समाजवाद त म अहिले के भन्नु र ? बाबुराम जस्तो हुनुहुन्छ म पनि त्यस्तै छु । यसकारण म उहाँसँग बढी मिल्छु । म पनि आफ्नै सुरले एक्लै हिँड्ने मान्छे हो । मलाई कसले कहाँ के गर्यो मतलव हुँदैन । मलाई कतिपय अवस्थामा घर परिवारकै मतलव हुँदैन । मलाई कसैले केही नराम्रो गर्यो भने पनि ऊ प्रति नराम्रो सोच  आउँदैन । मलाई मेरो जग्गाजमिन खाएका मानिससँग पनि विद्वेष छैन । म त समाज राम्रो बनाउन खोजिरहेको छु । 
तर बाबुराम भट्टराई त आफ्नो स्पेस बनाउन जस्तोतस्तो पनि निर्णय गरिहाल्नु हुन्छ भन्ने छ नि त ? 
– त्यस्तो होइन । बाबुराम भट्टराईले चाहँदा कुनै पनि बेला प्रधानमन्त्री हुन सक्ने मान्छे हो । तर उहाँमा कुनै स्वार्थ छैन । 
वैकल्पिक शक्तिका रुपमा नयाँ शक्ति आएको थियो । पुरानै ढर्राको संघीय समाजवादीसँग मिसिएपछि अब यो कसरी नयाँ शक्ति ? कसरी वैकल्पिक राजनीतिक शक्ति ? 
नयाँ शक्तिको ठाउँमा हामीले त्यो बेला समाजवादी पार्टी भनेर नाम राख्न खोजेका थियौं । तर नयाँ शक्ति नै राख्यौं । जुन बेला बाबुराम भट्टराई आउनुभयो नयाँ शक्ति लिएर त्यो बेला धेरै मानिस स्वतस्फूर्त रुपमा नयाँ शक्तिमा आए । तर भनेर मात्रै भएन । सपना पूरा गर्न संगठन र सत्ता चाहिन्छ । सत्ताको लागि चुनावमा जानु पर्ने । त्यही बेला प्रचण्डको सरकारले चुनाव चिन्ह नदिएर बाबुरामलाई प्रचण्डले गोर्खे लौरी लगाइदिए । आँखा चिन्ह मात्रै हामीले पाएको भए आज हाम्रो यो दूर्दशा हुने थिएन । 
प्रचण्डलाई दोष दिँदै हुुनुहुन्छ । तर प्रचण्डले होइन, बाबुरामलाई प्रधानमन्त्री बनाएको ? 
–बाबुराममा खुबी थियो । बाबुरामले आफ्नो बलमा पाएको पद हो । प्रचण्डले प्रधानमन्त्री पद आफूले छाडेर कसैलाई दिन्छन् भन्ने विश्वास गर्न सकिन्छ ?

कुनै बेलाका लोकप्रिय नेता बाबुराम भट्टराई आज किन यति आलोचित हुनुहुन्छ ?
– बाबुराम जस्तो विद्वान कुनै पनि पार्टीमा छैनन् । विश्वमञ्चमा गएर कुनै पनि नेताले बोल्न सक्दैनन् । सोसियल इकोनोमिक्सका विश्वमा गएर बोल्न सक्ने एकजना मात्रै बाबुराम हुन् । अहिले उहाँको लोकप्रियतामा केही कमी भएको होला म मान्छु तर उहाँ जति कुशल नेता नेपालमा कोही पनि छैनन् । 
आफैले जारी गरेको संविधानको अनरसिप नलिने मान्छे कसरी कुशल क्षमतावान  र विद्वान ? 
छ महिनादेखि मधेस बन्द छ । त्यस्तो अवस्थामा उहाँले मधेसप्रति चिन्ता गर्नुभएको हो । उहाँ मात्रै एकमात्र नेता हो जो त्यो बेला मधेसमा जानु भयो । कम्तिमा बाबुरामसँग त्यो हैसियत त थियो । त्यसकारण बाबुरामलाई त्यसरी बुझ्नु हुँदैन । आफैले जारी गरेको संविधानलाई उहाँले स्वीकार गर्नुभयो । तर कमजोरी छ पनि भन्नुभयो । काठमाडौंका मिडिया त यस्ता छन् कि मलगायत नेताहरु नेकपामा प्रवेश गर्न लागेको हल्ला चलाई दिए । 
एकातिर पार्टी एकता हुँदैछ, अर्कोतिर नयाँ शक्तिका चिनिएका नेताहरु कोठे बैठकमा व्यस्त छन । अनि के बुझ्ने त ? 
मलगायत किन गएनौ भन्ने बुझ्नु पर्छ । जुन क्याम्पसमा उपेन्द्र यादव पढ्थे, त्यहाँ म पढाउँथे । उपेन्द्र यादवलाई हात समातेर विभिन्न जिल्लामा लगेर मधेसको बारेमा लेख्ने व्यक्ति उपेन्द्र भन्ने यिनै हुन् भनेर चिनाउने मान्छे मै हुँ ।  उपेन्द्र यादवको पार्टीका ७५ प्रतिशत मानिसले मलाई चिन्छन् ।  मेरो यस्तो विगत छ । तर मलाई यो एकता प्रक्रियाबाट टाढा राख्न खोजियो । जसका कारण म एकता प्रक्रियामा गइनँ । मलाई हिनताबोध भयो । अपमान गरियो ममाथि । मैले बाबुरामको फोन उठाउन पनि छाडिदिएँ । 
यसको मतलव अब तपाईको आदर्श बाबुराम रहनु भएन ? 
किन नहुने ? उहाँ मेरो आदर्श नै हो । 
फोन नै उठाउनु हुन्न भने कसरी आदर्श ?
फोन नउठाउँदैमा आदर्श हुँदैन भन्ने हुँदैन । उहाँसँग मेरा केही रिजर्भेसन छन् । त्यसकारण फोन नउठाएको हो । अहिले पनि मेरा आदर्श उनै हुन् । तर फोन उठाएको छैन । म आफ्नो ढंगले हिँड्छु । विचार र सिद्धान्तको दृष्टिले हामी बीच समानता पनि छ । 
पार्टी एकतापछि सरकार छाड्ने चर्चा छ । के हुन्छ ? 
पार्टीले सरकार छाड्छ । यहि सहमति भएको छ । 
सरकार चाहिँ किन छाड्नु पर्ने हो ? 
किनभने प्रतिपक्षी दलको भूमिका नेपाली कांग्रेसले निर्वाह गर्न सकेन । नेपाली कांग्रेस अहिले भ्रष्टाचार गर्न नपाएर अतालिएको छ । हामी यो देशको सशक्त प्रतिपक्षी बन्न चाहन्छौं । त्यसैले हामीले उपेन्द्र यादवलाई सरकार छाड्नु पर्छ भनिसकेको छु । उपेन्द्र यादवले संविधान पुनर्लेखन गर्नुपर्छ भन्नु भएको थियो । त्यो पूरा भएको छैन । 
भन्न त नेपालका नेताहरुले देश स्विट्जरल्याण्ड जस्तो हुनुपर्छ पनि भनेका थिए । खै भयो त ? 
संविधान संशोधन गर्ने आश्वासन नेकपाले दिएको थियो । तर अहिलेसम्म त्यस्तो केही भएन । यसकारण अब पार्टीले सरकार छाडेर प्रतिपक्षमा आउनु पर्छ । 
तपाईंका नेताहरुले यो देशको रुपान्तरण गर्न सक्छन् भने खै त एउटा स्वास्थ्य मन्त्रालयलाई पनि नुमना मन्त्रालय बनाउन सकेको ? जनता सिटामोल नपाएर मर्ने अवस्था छ । कसरी पत्याउने तपाईंका नेतालाई ? 
उपेन्द्रले त यो सरकारलाई सहयोग गरेका हुन् । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले तयार पारेको शिक्षा ऐन त केपी ओलीले अगाडि बढाउन दिएका छैनन् भने उपेन्द्रले चाहँदैमा केही हुन्छ भन्ने विश्वास गर्न सकिदैन । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...