2076 कार्तिक 27 बुधबार

उपेन्द्र यादवद्वारा आफैंले बोलाएको महत्वपूर्ण सिनेट बैठक स्थगित

  |      00:00:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
उपेन्द्र यादवद्वारा आफैंले बोलाएको महत्वपूर्ण सिनेट बैठक स्थगित

काठमाडौं कात्तिक, २३– उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको स्वार्थ पूरा नहुँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ४३ औं सिनेट (सञ्चालक परिषद्) बैठक स्थगित भएको छ।

मन्त्री यादवकै निर्देशनबमोजिम झन्डै महिना दिनअघिदेखि प्रतिष्ठानको सिनेट बैठक शुक्रबार (कात्तिक २२) का लागि बोलाइएको थियो। बैठकका लागि सिनेट सदस्यहरू बिहीबार नै काठमाडौं पुगिसकेका थिए।

तर मन्त्री यादवले सिनेट बैठक अघि आफ्नो हुनेवाला सम्धी डाक्टर बिएन (विश्वनाथ) यादवलाई रजिष्ट्रारमा सिफारिस गर्न प्रतिष्ठानका कार्यबाहक उपकुलपति डाक्टर गुरु खनाललाई दबाब दिएका थिए।

खनालले यो विषयमा कुलपति तथा प्रधानमन्त्रीसँग सल्लाह लिने जवाफ दिएपछि मन्त्री यादवले आफैंले बोलाएको महत्वपूर्ण सिनेट बैठक अचानक स्थगित गरेका हुन्। प्रतिष्ठानमा २३ जना सिनेट सदस्यहरू छन्।

बिपी प्रतिष्ठानमा रजिष्ट्रार पद रिक्त छ। केही महिनाअघि मन्त्री यादवकै सिफारिसमा डाक्टर बिएन यादव दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा नियुक्त भएका थिए। बिपी प्रतिष्ठानकै चिकित्सक डाक्टर यादव काजमा राप्ती प्रतिष्ठान गएका हुन्।

राप्ती प्रतिष्ठानकी उपकुलपति डाक्टर संगीता भण्डारीसँग तीव्र मतभेद र विवाद भएपछि हिजोआज डाक्टर यादव बिपी प्रतिष्ठानमा नै छन् । नागरिक दैनिकले खबर छापेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...