2076 कार्तिक 02 शनिबार

उद्योगहरुले दोहोरो ब्यालेन्स राख्नु हुँदैन: अशोक शमशेर जबरा, प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंक

  |      11:15:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
उद्योगहरुले दोहोरो ब्यालेन्स राख्नु हुँदैन: अशोक शमशेर जबरा, प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंक
काठमाडौं चैत–
पछिल्लो समय बैंकहरुको अवस्थालाई कसरी नियालिरहनु भएको छ ? 
पहिला जस्तो अवस्था त छैन तर तरलता अभावको समस्या अझै बाँकी रहेको छ । अहिले बैकिङ क्षेत्रमा ब्याजदर घटिरहेको छ । ब्याजदर घटाउन बाणिज्य बैंकहरु पनि दबाबमा परेका छन् । बिकास बैंकहरुले पनि अहिले ब्याजदर घटाईरहेका छन् । यसले गर्दा बााणिज्य बैंकहरु पनि व्याजदर घटाउन दवावमा परेका हुुन । हामीले पनि सुनेका छौं, सरकारले पूँजीगत खर्च गर्न सकेको छैन  । यसले गर्दा पनि बैंकिड क्षेत्र लगानी योग्य रकमको अभाव झेलेका हुुन । 
नेपाली बैंकिङ क्षेत्र किन सधैंजसो लगानीयोग्य रकम अभावको समस्याले पिरोलिन्छ ? 
बैंकहरुमा लगानीयोग्य रकमको अभाव हुुनुको मुुल कारण पूंजीबृद्धि हो । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकरुलाई दुुई अर्ब रुपैयाँ चुक्ता पूँजीलाई बृद्धि गरेर आठ अर्ब रुपैयाँ पु¥याउन निर्देशन दियो । त्यही समयमा भूकम्प पनि गयो । सोही कारण बित्तीय प्रणालीमा कर्जाको माग पनि बढ्यो । त्यो समयमा हकप्रद सेयरको लागि मात्र झण्डै दुुई सय अर्ब रुपैयाँ गयो । त्यो हाम्रो क्षमता भन्दा पनि बढी थियो । यसले,गर्दा पनि बैकिङ क्षेत्रमा लगानीयोग्य रकमको अभाव हुुन गयो । तर अहिले बिस्तारै यो समस्या सम्हालिएर आईरहेको छ ।
अब यो समस्या पूर्णरुपमा समाधान भएको हो ? 
होइन, यो समस्या रहिरहन्छ । 
यो समस्या समाधान गर्नको लागि राज्यले के गर्नुुपर्छ, यो समस्या दीर्घकालीनरुपमा समाधान हुुन्छ भन्ने कुुनै ठोस कुराहरु केही छन् ?
त्यस्तो केही छैन, राज्यलाई पनि गाह्रो छ । किनभने अहिले उपभोग बढिरहेको छ । तपाईंले हेर्नुभयो भने अहिले सरकारको बिदेशी बिनिमय सञ्चितीको अवस्थाले धेरै कुरा स्पष्ट पार्छ । हामीले भारतबट झण्डै ४०० मेगावाट बिजुुली आयात गरिरहेका छौं । त्यो बापत आईसी गईरहेको छ । यसको लागि हामीले डलर साटेर आईसी किनेका छौं । न्धनको पनि आयात भईरहेको छ । गाडीको आयात पनि बढिरहेको छ  । हामीकहाँ बस्तुु तथा सेवाको आयात बढेको छ । यसले गर्दा पनि नेपालको भुक्तानी सन्तुुलन बिग्रिएको छ । व्यापार घाटा उच्चरुपमा बढेको छ । यसले गर्दा पनि नेपाली बैकिड क्षेत्रमा लगानीयोग्य रकमको अभाव भएको हो । इन्धनको लागि पनि देशबाट अर्बौं रुपैयाँ बाहिरिरहेको छ । अहिले जे जति रकम आएको छ, त्यो रेमिटेन्स पनि कुुनै कुुनै माध्यमबाट बाहिरिने गरेको छ । नेपालको व्यापार सन्तुुलन बिग्रएर यस्तो भएको हो । 
निक्षेप तान्ने होडबाजी बैंकिड क्षेत्रमा अन्त्य भएको हो ? 
अहिले बैंकहरुमा निक्षेप तान्ने होडवाजी अन्त्य भएको छ । बिगतमा बैकहरुबीच बढी ब्याज दिएर निक्षेप तान्ने होडवाजी चलेको थियो । तर अहिले त्यो अवस्था छैन । सबै बैकहरुबीचको ब्याजदर समान रहेको छ । यसले गर्दा निक्षेप तान्न कै लागि होडबाजी भएको छैन । व्यक्तिगतरुपमा भन्नुुहुन्छ भने मलाई यो ठीक लागेन किनकी, बजार भनेको सधैं प्रतिस्पर्धी हुुनुुपर्छ । सोही आधारमा ब्याजदर पनि प्रतिस्पर्धा कै आधारमा तय हुुनुुपर्छ । शुरुमा यस बारेमा नेपाल बैंकर एशोसियनसमा पनि कुरा उठेको थियो । यो प्रतिस्पर्धा अल्पकालीन अवस्थाको हो भन्ने हामीले सोचेका थियौं तर त्यो अवस्था लम्बियोे । मेरो व्यक्तिगत धारणाअनुुसार ब्याजदर निर्धारण गर्ने कुरा प्रतिस्पर्धी बजारमा भर पर्छ । हामीले बैंकर संघमा पनि भनेका थियौं । यो समस्या एकछिनको लागि मात्र हुन्छ होला भनेका थियौं । तर यो समस्या लम्बियो । यो समस्या आउनुुको मुुल कारण राष्ट्र बैकले संस्थागत निक्षेपमा यति प्रतिशत ब्याज भन्नुपथ्र्यो, त्यो अनुुसार कायम गर्न नसक्नेलाई कारबाही गर्नुुपथ्र्यो । तर राष्ट्र बैंकले कारवाही गर्न सकेन, कारबाही गरेको भए यो हुुने थिएन ।
बैंकर र उद्योगीबीचको सम्बन्धमा तित्तता आएको भन्ने सुनिन्छ, यसलाई मान्न तयार हुुनुुहुन्छ ? 
बैकर र उद्योगीबीच बुझाइमा फरकपन आएको भन्ने होईन । उद्योगीहरुले पेलेकै हो । सम्बन्धमा तित्तता आएको छैन । नेपाल बैकर एसोसियन र नेपाल उद्योग बाणिज्य संघका प्रतिनिधीहरुबीच बिभिन्न माध्यमद्वारा औपचारिक तथा अनौपचारिक छलफल भएका थिए । यसमा बिशेष गरी तीन वटा बिषयमा छलफल भएको थियो । पहिलो ऋणको लागि आवश्यक कागजी प्रक्रियाको स्तरीकरण गर्नुुप¥यो । अर्को कर्जाको शुल्कहरु (फि एण्ड चार्ज) पनि बैंकहरु पिच्छे फरक फरक भयो । यसलाई समान बनाउने भन्ने बिषयमा छलफल भएको हो । ब्याजदरको कुरामा भने उद्योगीहरु पनि फ्रि मार्केट ईकोनोमीबाट हुनुु पर्छ भन्ने थियो । यसको बिषयमा भएको छलफलमा उद्योगहीरुले बेस रेट (आधार ब्याजदर) र प्रिमियममा क्याप गर्नुुपर्छ भन्ने कुरा उठको थियो । यस्तो हुुनुु हुँदैन । जोखिम मोल्ने भएको बैकहरुले हो । उनिहरुले जोखिम मोल्ने भए उनीहरुले  नै बैक चलाए भई हाल्यो । 
अहिले बैंकहरु बीच आधार ब्याजदर फरक छ ? 
२८ वटा बाणिज्य बैंकहरुको आधार ब्याजदर फरक छ । जुुन बैंकहरुमा आधार ब्याजदर कम छ, त्यस्तो बैंकहरुमा उद्योगीहरु जानुु पर्यो । उद्योगीहरुले बैंक चिन्न सकेनन्, त्यही हो । लगानी गर्ने सबै ब्याजदर फरक छ ।  प्रत्येक क्वार्टरमा हामीले ब्यालेन्स सिट सार्वजनिक गर्छौं , त्यही ब्यालेन्स सिटको आधारमा कम आधार ब्याजदर भएको बैंकहरुमा उद्योगीहरु जानुु पर्थ्यो । 
हिमालयन बैंकको पछिल्लो अवस्था कस्तो छ ? 
हाम्रो प्रगति अहिले राम्रो रहेको छ । अहिले हिमालयन बैंकको बिषयमा भन्नुुपर्दा, सबै कुरा मिलेर आईरहेको छ । सेकेन्ड क्वार्टरमा पनि प्रगति राम्रो रहेको छ । थर्ड क्वार्टरमा पनि राम्रै हुन्छ । मेलम्चीको काउन्टर ग्यारेन्टीको बिषय पनि समाधान हुुँदै गएको छ । चिनियाँ अदालतले हाम्रै पक्षमा फैसला गरेको छ । आशा छ त्यो मुुद्दाको टुुंगो छिटै लाग्छ । त्यसमा हिमालयन बैंकको ६६ करोड रुपैयाँ फसेको छ । अहिले सम्मको अवस्था हेर्दा त्यो मुुद्दाको टुुंगो छिटै लाग्दै छ, त्यो मुुद्धा फैसला बैंक कै पक्षमा हुन्छ । 
हिमालयन बैंकले बिदेशमा शाखा खोल्ने योजना के छ ? 
हामीले मलेसियामा सम्पर्क कार्यालय खोलेको हो । बिदेशमा शाखा खोल्न सकिन्न । त्यहाँ शाखा खोलेर फाईदा नै छैन । बिदेशमा शाखा खोल्न जुन पूँजी लगानी गर्नपर्छ । त्यो लगानी यहीँ हाल्दा फाईदा हुन्छ । 
हिमालयन बैंक पछिल्लो समय म्याक्स मनीसँंगको लफडामा पनि फस्यो नि ?
यसमा गल्ती हिमालयन बैंकको होईन । म्याक्स मनीको हो । म्याक्स मनीको समस्या पनि टुुंगो लाग्छ । यसमा हाम्रो एउटा पार्टनरले बदमासी गर्न खोज्यो । तर हामीले सबै पक्षलाई घटनाको वास्तबिकता बुझायौं । यहाँको नेपाल राष्ट्र बैंक, पराराष्ट्र मन्त्रालय, मलेसियाको केन्द्रिय बैंक सबैसँंग समन्वय गर्यौं । मलाई लाग्छ, अब एक दुुई महिनामा त्यो पैसा फिर्ता आउँछ । 
उद्योगहीहरुलाई के भन्नुु हुन्छ ? जुुन कुराहरुले उद्योगीहरु खुुसी होऊन  । 
उद्योगहीरु सबैले पारदर्शी भएर काम गर्नुुहोस, राज्यलाई तिनुुपर्ने सबै करहरु नियमसंगतरुपमा तिर्नुुहोस् । दुुई दुुई वटा ब्यालेन्स नबनाउनुस् । जे छ त्यही अनुसारको बिवरण सार्वजनिक गर्नुुहोस् । जति कर तिर्नु पर्छ । त्यो अनुुरुप कर तिर्नुुहोस् । कर नछल्नुुहोस् । अहिले ठूला उद्योगहरुमा त्यो समस्या खासै छैन । स– साना उद्योगहरुमा दुुई दुुई वटा ब्यालेन्स सिट नदेखानुुहोस । नगदरहित कारोबार गर्नुुहोस् । कार्डको प्रयोग गर्नुुहोस् । कार्डबाट कारोबार गर्दा कारोबार कम गरेको बिवरण देखाउन मिल्दैन । सबै कुराहरु पारदर्शी हुन्छन् । तर उद्योगी व्यवसायीहरु त्यसो गर्न चाहँदैनन् । उनीहरु सकेसम्म आफ्ना्े कारोबार कम देखाउन चाहान्छन् । वास्तविक कारोबार लुकाउन चाहन्छन् । त्यसो नर्गनुुहोस् पारदर्शी भएको उद्योग व्यापार चलाउनुुहोस् । 
अन्त्यमा के भन्न चाहनु हुन्छ ?
कुुनै पनि बिवादहरु छताछुल्ल गरेर लविङ गर्नुु हुँदैन । सबै उद्योगीहरु संस्थागत सुशासनको दायरामा आउनुु पर्यो । आफ्नो व्यापार व्यवसायलाई पारदर्शी बनाउनुु पर्यो । उहाँहरुले पनि आफ्नो व्यापार व्यवसायलाई रेटिङ गर्नुुपर्यो । यसो गर्दा कर्जाको ब्याज कम हुुन्छ । सबै कुराको दोष बैंकहरुलाई मात्र लगाएर हुुँदैन । 

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...