2076 कार्तिक 29 शुक्रबार

आलम पक्राउमा देउवाले मुख खोलेः ‘कांग्रेसविरुद्धको षड्यन्त्र’

  |      20:48:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
आलम पक्राउमा देउवाले मुख खोलेः ‘कांग्रेसविरुद्धको षड्यन्त्र’

भक्तपुर कात्तिक, १–  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद अफताब आलमलाई पक्राउ गर्नु ‘कांग्रेसविरुद्धको षड्यन्त्र’ भएको बताएका छन्।

बोडेमा मंगलबार पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले १२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर सरकारले काङ्ग्रेसलाई प्रहार गर्न थालेको आरोप लगाएका हुन्।

‘आलमलाई प्रहरी लगाएर पक्राउ गरी काङ्ग्रेसविरुद्ध षड्यन्त्र शुरु भएको छ’ सभापती देउवाले भने,‘१२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर सरकारले काङ्ग्रेसलाई प्रहार गर्न थालेको छ।’

कार्यक्रममा तत्कालिन गृहमन्त्री तथा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सञ्चारमाध्यमले समेत षडयन्त्रमूलक रुपमा काङ्ग्रेसको विरुद्धमा लागि परेको बताए।

‘पत्रपत्रिकालगायत सबै सञ्चारमाध्यमले समेत ‘ग्रान्ड डिजाइन’ बनाएर काङ्ग्रेसविरुद्ध लागेका छन्, काङ्ग्रेस सांसद मोहम्मद अफताब आलमको विरुद्ध आएका समाचार यसको नमूना हो’ उनले भने।

काङ्ग्रेस दिनप्रतिदिन सङ्कटमा पर्दै आएको बताउँदै अब पार्टी सभापतिदेखि कार्यकर्तासम्मले आफ्नो आचरणमा सुधार गर्दै पार्टीलाई अगाडि बढाउनु पर्ने सिटौलाको भनाई छ।

काङ्ग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको दुईदिने प्रशिक्षण कार्यक्रममा काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै उनले काङ्ग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप अस्वीकार्य रहेको बताए। पौडेलले काङ्ग्रेस विकल्पको रुपमा उदाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा उपसभापति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख बिमलेन्द्र निधिले काङ्ग्रेसले आसन्न उपनिर्वाचन जसरी पनि जित्नुपर्ने बताउँदै पार्टीभित्रको गुटबन्दी अन्त्य हुन जरुरी रहेको औँल्याए।

महामन्त्री डा. शशांक कोइरालाले मुलुकलाई समृद्ध बनाउन सरकारमा काङ्ग्रेसको अभाव खड्किएकोले आन्तरिक एकताका साथ काङ्ग्रेस अघि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा केन्द्रीय सदस्य सीता गुरुङ, भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, गाउँपालिका विकास समितिका महासचिव वंशलाल लामालगायतले लोकतन्त्रमाथि चुनौतीपूर्ण अवस्था आएको भन्दै त्यसविरुद्ध सङ्घर्षका लागि तयार रहनुपर्नेमा जोड दिए।

काङ्ग्रेस पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका काङ्ग्रेसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका लागि आयोजना गरिएको प्रशिक्षणमा देशभर ४ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको काङ्ग्रेस भक्तपुर जिल्ला सचिव निशान ढुङ्गेलले जानकारी दिए। प्रशिक्षण शनिबार सम्पन्न हुने काङ्ग्रेसले जनाएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...